३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अफगानसँग नेपाल पराजित

काठमाडौँ — पाली यू–१९ क्रिकेटले अफगानिस्तान यू–१९ सँग ७१ रनको पराजय भोगेको छ । यो हारसँगै नेपाली टिमले चार टिमसम्मिलित यू–१९ क्रिकेट प्रतियोगिता टुंग्याएको छ । प्लेअफ अन्तिम खेलमा पराजयसँगै नेपाल चौथो स्थानमै खुम्चिएको हो ।

अफगानसँग नेपाल पराजित

भारतमा भइरहेको प्रतियोगितामा नेपालले दुई दिनअघि समूहको अन्तिम खेलमा अफगानिस्तान यू–१९ लाई २५ रनले हराएको थियो ।

भारतीय क्रिकेट बोर्डको आयोजनामा लखनउको इकाना अन्तर्राष्ट्रिय रंगशाला ‘बी’ मैदानमा टस जितेको अफगान यू–१९ ले रेयाज हसनको शतकमा ८ विकेट गुमाई २ सय ४४ रन बनायो । हसनले १ सय ४९ बलमा १ सय १७ रन बनाउनेक्रममा १२ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै बसिर खान शिरले ५० बलमा ३ चौकासहित ३२ रन बनाए । नेपालबाट सागर ढकाल, पवन सर्राफ र शम्साद आलमले २–२ विकेट लिए । सागरले १० ओभरमा ३ मेडन राख्दै २८, पवनले ६ ओभरमा १ मेडन राख्दै ३२ र सम्सादले ७ ओभरमा ४२ रन खर्चे । रशिद खानले १ विकेट लिए ।

नेपाल यू–१९ केवल ४५ ओभर खेल्दै १ सय ७३ रनमा अलआउट भयो । कप्तान आसिफ शेख र लोकेश बमले समान २५, अरुण ऐरीले २४, पवनले २३, सन्दीप जोराले १८, भीम सार्कीले १६, रित गौतमले १४, शम्सादले १२ र कमलसिंह ऐरीले ११ रन बनाए । सागर शून्यमा आउट भए । रशिद ४ रनमा नटआउट रहे । शतक बनाएका हसनले अफगानबाट ४ विकेट लिए ।भारत यू–१९ ‘बी’ ले मंगलबार नै फाइनलमा ‘ए’ लाई १० रनले पराजित गरी उपाधि जितेको छ ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?