गोपीचन्द्र च्याम्पियन

काठमाडौँ — एपीएफ क्लबका गोपीचन्द्र पार्की मंगलबार आयोजित हाफ म्याराथन दौडमा विजेता भएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीचन्द्रले १ घण्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गरेका थिए ।

गोपीचन्द्र च्याम्पियन

उनले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

चौथोपल्ट हाफ म्याराथनमा सहभागी गोपीले दोस्रोपल्ट स्वर्ण जितेका हुन् । यसअघि उनले २०७२ सालमा कान्तिपुर हाफ म्याराथन जितेका थिए । गोपी सहभागी
बाँकी दुई हाफ म्याराथन पनि कान्तिपुर हाफ म्याराथन नै हो । २०७० को कान्तिपुर हाफ म्याराथनमा गोपीले कांस्य जितेका थिए । त्यतिबेला उनले १ घण्टा ७
मिनेट ५९ सेकेन्डको टाइमिङ निकालेका थिए । जुन गोपीको व्यक्तिगततर्फ उत्कृष्ट हो । २०७१ को कान्तिपुर हाफ म्याराथनमा गोपीले दोसो स्थान हासिल गरेका
थिए ।भर्खरै इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको म्याराथनमा भाग लिएका गोपीचन्द्रले बीचमै दौड त्यागेका थिए ।

दूरी पार गर्दै गोपीचन्द्र ।तस्बिर : लोकेन्द्र बस्नेत


हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान खिमु गिरीको नाममा छ । उनले जर्मनीमा सन् २००२ मा १ घण्टा ७ मिनेट १२ सेकेन्डको कीर्तिमान स्थापित गरेका थिए ।मंगलबार त्रिभुवन आर्मीका होमलाल श्रेष्ठ दोस्रो भए । उनले १ घण्टा ११ मिनेट ०५ सेकेन्डमा दौड सिध्याए । तेस्रो भएका आर्मीकै हरिकुमार रिमालले १ घण्टा १२
मिनेट २५ सेकेन्ड लगाए । हरि १२ औं साग खेलकुदअन्तर्गत ५ हजार मिटर दौडका कांस्य विजेता हुन् ।

आर्मीका धावक खगेन्द्र भाट चौथो भए । उनले १ घण्टा १२ मिनेट ४३ सेकेन्डमा दूरी पार गरे । किरणसिंह बोगटीले पाँचौं र खिमबहादुर खत्रीले छैटौं स्थान हासिल
गरेका थिए । एपीएफ उनीहरूले क्रमश: १ घण्टा १२ मिनेट ५४ सेकेन्ड र १ घण्टा १४ मिनेट ०२ सेकेन्ड लगाए ।दोस्रो हुनेले ३० हजार, तेस्रोले २० हजार, चौथोले १० हजार तथा पाँचौं र छैटौंले ५–५ हजार रुपैयाँ पुरस्कार पाए ।त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु दौड विभिन्न ठाउँ हुँदै पुन: सोही ठाउँमा पुगेर टुंगिएको थियो । त्यसमा ९५ पुरुष खेलाडी सहभागी थिए ।संविधान दिवसकै अवसरमा आयोजित मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल रातोले जित हात पार्‍यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल रातोले नेपाल नीलोलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?