कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पुनरागमन गर्दै शरद

काठमाडौँ — शरद भेषावकरलाई समेट्दै नेपालले आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ समूहका लागि १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर ३ देखि १२ सम्म मलेसियामा आयोजना हुँदै छ ।

पुनरागमन गर्दै शरद

नेपालले सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने छन् । समूह ‘ए’ बाट शीर्ष तीन टोलीको रूपमा यसअघि नै यूएई, कतार र कुवेत दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणबाट शीर्ष तीन टोली ग्लोबल छनोटमा पुग्ने छन् ।

१८ सदस्यीय टोलीमा छनोट भएका खेलाडीमा पारस खड्का (कप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, शाहब आलम, शरद, सोमपाल कामी र सुनील धमला छन् ।

औंलामा चोट लागेका कारण शरदले दुई साताअघि मलेसियामा सम्पन्न एसिया कप छनोट खेल्न सकेका थिएनन् । एसिया कप छनोट खेलेको टोलीबाट सुवास खकुरेल र रोहित पौडेललाई राखिएको छैन् । रोहितलाई सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बंगलादेशमा हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली यू–१९ टोलीमा राखिएको नेपाली टोलीले जनाएको छ ।

ट्वान्टी–२० छनोटका लागि दिपेश, प्रदीप, सुनीललाई नेपाली टोलीको बन्द प्रशिक्षणमा ल्याइएको छ । त्यसमध्ये शाहबले अहिलेसम्म राष्ट्रिय टोलीबाट खेलेका छैनन् । अन्तिम सूचीमा १४ खेलाडीले स्थान पाउने छन् । बन्द प्रशिक्षण बिहीबार सुरु हुनेछ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस रहेको छनोट समितिले खेलाडी छनोट गरेको हो ।

प्रकाशित : आश्विन ३, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?