खेल तालिका सार्वजनिक

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

खेल तालिका सार्वजनिक

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा खुला ‘ड्र’ मार्फत तालिका सार्वजनिक गरिएको हो । यस तालिकाअनुसार लिगको उद्घाटन खेल असोज १३ गते न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच एन्फा कम्प्लेक्समा हुनेछ ।

एन्फाले यसपटक लिगका प्रत्येक चरणका सम्पूर्ण खेल समाप्त भएपछि मात्र अर्को चरण सुरु गर्ने बताउँदै खेल तालिका तयार पारेको छ । प्रत्येक चरणपछि कम्तीमा १ दिन विश्राम पनि राखिएको छ । प्रतियोगिताका सम्पूर्ण खेल एन्फा कम्प्लेक्स र हलचोकस्थित एपीएफ रंगशालामा खेलाइनेछ ।

लिग तालिकाअनुसार दसैंअघि तीन चरणका खेल समाप्त हुनेछन् । दसैं र तिहारका लागि एन्फाले ५ साता विश्राम दिएको छ ।खेल तालिकाअनुसार लिगको अन्तिम चरणको अन्तिम खेल पुस १७ गते तोकिएको छ । अन्तिम खेलमा संकटा र एपीएफ भिड्नेछन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?