कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएलको खेलाडी दर्ता सुरु

काठमाडौँ — क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा कात्तिक दोस्रो सातादेखि पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० का लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ ।

पीपीएलको खेलाडी दर्ता सुरु

६ टिमको सहभागिता रहने प्रतियोगितामा सहभागी हुने टिम, मार्की प्लेयर र खेलाडी अक्सनको गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

लिगको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया बुधबारदेखि सुरु भएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको वेबसाइटमा रहेको दर्ता फारम भरेर १ हजार शुल्क तिरेर नाम दर्ता गर्न सकिने प्रावधान रहेको छ । यस प्रतियोगितामा खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिनेछ ।

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडी छन् भने क्याप्ड एज लेभलमा नेपालको उमेर समूहमा कुनै पनि टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टिमबाट नखेलेका खेलाडी हुनेछन् । कुनै पनि खेलाडीले आफ्नो न्यूनतम मूल्य चाहेअनुसार बढाएर राख्न पाइने प्रावधान रहेको छ ।

दर्ता गर्ने अन्तिम मिति असोज ९ मंगलबारसम्म तोकिएको छ । एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी टोलीमा समेट्दा अक्सनबाट न्यूनतम १० खेलाडी आबद्ध गर्नुपर्नेछ । टोलीमा १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल आइकन प्लेयरलाई पनि राख्नुपर्ने नियम छ । प्रतियोगिताका सबै खेल पोखरा रगंशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?