३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फिफा वरीयतामा सुधार

काठमाडौँ — विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

फिफा वरीयतामा सुधार

यसै महिना बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा पराजित हुँदा २ जित र २ हार बेहोरेको थियो । पछिल्लो महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल एक स्थान माथि १ सय ६० औं स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा छ । साफ च्याम्पियनसिपको फाइनलमा माल्दिभ्ससँग पराजित भारत एक स्थान तल ९७ औं स्थानमा पुग्यो ।

साफ उपाधि विजेता माल्दिभ्स पनि एक स्थान झर्दै १ सय ५१ औं स्थानमा छ । अन्य दक्षिण एसियाली राष्ट्रमा भुटान १ सय ८८ औं , बंगलादेश १ सय ९३ औं तथा श्रीलंका र पाकिस्तान समान १ सय ९९ औं स्थानमा छन् । वरीयताको शीर्षस्थानमा फ्रान्स र बेल्जियम संयुक्त रूपमा रहेका छन् । एसियाली राष्ट्रमध्ये इरान ३३ औं तथा अस्ट्रेलिया ४३ औं स्थानमा छन् ।

प्रकाशित : आश्विन ५, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?