कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपालको थाइल्यान्डसँग हार

विराटनगर — भारतको आग्रामा सुरु विद्यालयस्तरीय ४६ औं एसियन यू–१८ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ । नेपाली टिम शनिबार थाइल्यान्डसँग २–० ले पराजित भयो ।

नेपालको थाइल्यान्डसँग हार

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपाली टोलीविरुद्ध थाइल्यान्डले २१ औं मिनेटमा गोल गरेको थियो । उक्त गोल पाडुङकिट आटिकानले फ्रिकिकबाट गरे ।

थाइल्यान्डका थाना इसोरले ७६ औं मिनेटमा दोस्रो गोल गर्दै टिमको जित पक्का गरे । ६४ औं मिनेटमा नेपाली टोली १० खेलाडीमा सीमित भएपछि थाइल्यान्डले दबाबमा बढायो । नेपालका फरवार्ड बुद्ध बल तामाङ दोहोरो पहेँलो कार्ड पाएपछि मैदान बाहिरिए ।

पहिलो हाफमा विपक्षीलाई दबाबमा राखेर खेलेको नेपाली खेलाडी फिनिसिङमा चुक्दा पराजय भोग्न बाध्य भए । खेलको छैटौं मिनेटमा अनिल महर्जनको प्रहार पोस्ट बाहिरिँदा नेपाल अग्रता लिन चुकेको थियो ।

कप्तान दिनेश हेन्जनको २८ औं मिनेटको फ्रिकिक पोस्ट नजिकबाट बाहिरिँदा टिमको खेलमा फर्कने अवसर गुमेको थियो । ३०, ३७ र ३९ आैं मिनेटमा नितिन थापा, जय गुरुङ र अनिलको प्रहार थाई गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङ कमजोर हुँदा पराजय भोग्नुपरेको नेपालका प्रंशिक्षक चेतनारायण श्रेष्ठले बताए ।

नेपालसहित समूह ‘ए’ मा थाइल्यान्ड, इन्डोनेसिया, अफगानिस्तान र चीन छन् । समूहको पहिलो खेलमा चीनले अफगानलाई ८–० ले हराएको थियो ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?