२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

दिदीबहिनी सेमिफाइनलमा

काठमाडौँ — ललितपुरमा जारी वार्सटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिसको महिला सिंगल्सतर्फ राणा दिदीबहिनी मायंका र माहिकासहित प्रेरणा कोइराला, अभिलाषा विष्ट सेमिफाइनलमा पुगेका हुन् ।

दिदीबहिनी सेमिफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार मायंकाले लामो समयपछि घरेलु कोर्टमा फर्किएकी अश्लेसा लिसानेभिचलाई ६–२, ६–२ ले हराइन् । प्रेरणाले प्रकृति श्रेष्ठलाई ६–०, ६–१ ले र माहिकाले एनी माथेमालाई ७–६, ६–१ ले पराजित गरे । अभिलाषा भने इरा रावत रिटायर्ड हर्ट भएपछि अन्तिम चारमा पुगिन् । खेलमा अभिलाषाले ७–६, ४–२ ले अग्रता बनाएकी थिइन् ।

पुरुष सिंगल्सतर्फ निक रासट्रपले प्रणव खनाललाई १–६, ६–३, ६–२ ले, निशान श्रेष्ठले सुब्रत बस्नेतलाई ७–६, ७–५ ले, प्रदीप खड्काले इभानहो लिसानेभिचलाई ६–२, ६–३ ले, कमल भण्डारीले भीष्मजंग गुरुंगलाई ६–१, ६–० ले, महेश श्रेष्ठले निमवान राईलाई ६–०, ६–० ले र सन्तोष खत्रीले विजय महर्जनलाई ६–०, ६–१ ले पराजित गरेका छन् । नवीन मगर र जितेन्द्र परियारले वाकओभर पाएका थिए ।

पुरुष डबल्सतर्फ सन्तोष खत्री र जितेन्द्रको जोडीले सुब्रत र मुक्तिसेनको जोडीलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो । महेश श्रेष्ठ र मनोज राणाले आत्मराम कार्की र चेवाङ लामा, प्रदीप खड्का र नवीन पुनले रोहित सुनवार र राजु श्रेष्ठ तथा कमल भण्डारी र प्रणव खनालको जोडीले इभानहो लिसानेभिच र सम्यकभूषण बज्राचार्यको जोडीलाई हराएका थिए ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?