कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

महिन्द्रासँग एपीएफको निरन्तरता

काठमाडौँ — नेपाल एपीएफ क्लबले आइतबार महिन्द्रा मोटर्ससँगको सम्झौतालाई ५ वर्षका लागि नवीकरण गरेको छ । नयाँ सम्झौताअनुसार क्लबले वार्षिक ४० लाख पाउने छ । ५ वर्षसम्मको कुल सम्झौता रकम २ करोड रुपैयाँबराबरको हुनेछ ।

महिन्द्रासँग एपीएफको निरन्तरता

नेपालका लागि महिन्द्रा एन्ड महिन्द्रा भेहिकल्सको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेट प्राइभेट लिमिटेडबीच आइतबार हस्ताक्षर भएको हो ।

सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालय हल्चोकमा भएको सम्झौता कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले हस्ताक्षर गरे । एपीएफ क्लब प्रमुख शरन पौडेल, अग्निका कार्यकारी निर्देशक सुसनवैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्मा उपस्थित थिए ।

प्रबन्ध निर्देशक श्रेष्ठले एपीएफ क्लबसँग सम्झौतालाई निरन्तर गर्न पाउँदा आफ्नो संस्थाले गर्व महसुस गरिरहेको जनाए । सम्झौताअनुसार एपीएफले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महिन्द्राको लोगोअंकित जर्सी लगाउने छ भने टोलीको फुटबल टिमको नाम एपीएफ महिन्द्रा फुटबल टिम हुनेछ ।

अर्को साता सुरु हुने सहिद स्मारक लिग फुटबलमा एपीएफले प्रतिस्पर्धा गर्दै छ । सम्झौताअनुसार एपीएफको महिला क्रिकेट टोलीमा पनि महिन्द्रा प्रायोजक रहनेछ । क्रिकेटमा पनि ‘एपीएफ महिन्द्रा क्रिकेट टिम’ हुनेछ ।

एपीएफलाई २०७१ सालदेखि महिन्द्राले प्रायोजन गर्दै आएको छ । यसअघिको सम्झौताअनुसार महिन्द्राले एपीएफलाई वार्षिक २२ लाख १० हजार रुपैयाँका दरले ५ वर्षका लागि १ करोड ११ लाख प्रदान गरेको थियो ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?