कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दीपेशलाई तीन उपाधि

काठमाडौँ — एपीएफ क्लबका दीपेश धामीले तेस्रो योनेक्स सनराइज जेस्ट राष्ट्रिय खुला ब्याडमिन्टनको पुरुष सिंगल्सको उपाधि जितेका छन् । उनले डबल्स र मिक्स्ड डबल्समा पनि उपाधि उपाधि हत्याए ।

दीपेशलाई तीन उपाधि

दोस्रो वरीयताका दीपेशले बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा आइतबार फाइनलमा नेपालका नम्बर एक खेलाडी त्रिभुवन आर्मीका रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । दीपेशले पहिलो सेटमा २१–१३ ले आफ्नो पक्षमा पारे ।

दुईपल्टका च्याम्पियन रत्नजित दोस्रो सेट २१–१८ ले जितेर खेललाई फर्किर । तर, निर्णायक सेटमा अग्रता लिनुका बावजुत रत्नजितले खेल १८–२१ ले गुमाए । दीपेशले उच्च प्रदर्शन गर्दा रत्नले बारम्बार गल्ती दोहोर्‍याइरहेका थिए । दीपेशले ३० हजार र रत्नजितले १५ हजार रुपैयाँ पुरस्कार पाए । सेमिफाइनल पराजित प्रिन्स दाहाल र नवीन श्रेष्ठले समान ५ हजार पाए ।

महिलातर्फ आर्मीकी रशिला महर्जन च्याम्पियन भइन् । रशिलाले एपीएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा हराइन् । दुईपल्टकी च्याम्पियन नङसलदेवी तामाङको सहभागिता नहुँदा रशिलाले २१–१९, २१–१७ को सहज जित निकालिन् । आइतबारै रशिला यू–१५ गल्र्सतर्फ पनि च्याम्पियन भइन् । दोहोरो उपाधि जित्नेक्रममा उनले कञ्चनपुरकी वीणा विष्टमाथि २१–६, २१–१० को जित निकालिन् । रशिलाले २५ हजार र जेसिकाले १२ हजार रुपैयाँ पुरस्कार पाए ।

यू–१५ ब्वाइजमा सिल्क ट्रेडका प्रिन्स दाहाल च्याम्पियन भए । उनले कैलालीका रोशन साउदलाई २१–१२, २१–१२ ले हराए । यस उमेर समूहको विजेताले समान १६ हजार पाए । उपविजेताको भागमा ६ हजार परेको थियो ।

पुरुष डबल्समा एकल च्याम्पियन दीपेश र विजित थापामगरको जोडीले आर्मीका रत्नजित र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा हराएर उपाधि जिते । विजेता जोडीले २५ हजार पायो । उपविजेता जोडीले १२ हजार थाप्यो । मिक्स डबल्समा पनि पूजा श्रेष्ठसँग जोडी बाँधेर दीपेश आफ्नै क्लबका विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजित गर्दै च्याम्पियन बने । विजेताले २० र उपविजेता जोडीले १२ हजार रुपैयाँ पाए ।

पुरुष डबल्समा टप–२० वरीयता बाहेकमा आर्मीका सुरोज महर्जन र प्रवीण लिङथेपको जोडीले एपीएफका सुनील जोशी र विशाल प्रधानको जोडीलाई हराएर उपाधि जित्यो । विजेताले २५ हजार र उपविजेताले १५ हजार जिते ।

मास्टर्स ३५ वर्षमाथि डबल्समा एपीएफका इन्द्र महता र शम्भु श्रेष्ठको जोडीले आयोजक जेस्टका मुन्ना केसी र आर्मीका भूमि गुरुङको जोडीलाई हराएर उपाधि जिते । ४५ वर्षमाथि आर्मीका सुवास श्रेष्ठ र भूमि गुरुङले उपाधिमा ह्याट्रिक गरे ।

उपधिमा ह्याट्रिक पूरा गर्ने क्रममा सुवास र भूमिले जेस्टका मुन्ना केसी र रुद्र थिङलाई २–० को सोझो सेटमा हराए । यी दुईको जोडीले यसअघि दुवै संस्करणको उपाधि जितेको थियो । मास्टर्सका विजेताले २० हजार र उपविजेताले १२ हजार पाए ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?