एएफसी यू–१६ च्याम्पियनसिप छनोट : नेपाल र बंगलादेश बराबर

काठमाडौँ — नेपाली टिमले मलेसियाविरुद्ध ४–४ को बराबरी खेल्दै आइतबार एएफसी यू–१६ वुमेन्स च्याम्पियनसिप २०१९ को छनोट टुंग्याएको छ ।

एएफसी यू–१६ च्याम्पियनसिप छनोट : नेपाल र बंगलादेश बराबर

सुरुका दुई खेलमा फिलिपिन्सविरुद्ध ४–० र म्यानमारसँग ११–१ ले हारेपछि समूह चरण पार गर्ने नेपालको सम्भावना समाप्त भइसकेको थियो । दुवै खेल हारेपछि मलेसियाको अवस्थामा पनि उस्तै थियो । त्यसैले सान्त्वना खेलमा परिणत भएको प्रतिस्पर्धामा दुवैले अंक जोड्ने अवसर पाए ।

हल्चोक मैदानमा भएको खेलमा नेपालका लागि सविता रानामगले ३२, कप्तान प्रीति राईले ५७ (पेनाल्टी) र सुष्मा तामाङ ८५ औं मिनेटमा गोल गरेका थिए भने मलेसियाका वाइतिङ तेमिङले पहिलो हाफको अन्त्यतिर आत्मघाती गोल गर्न पुगेकी थिइन् ।

पाहुना टिमको तर्फबाट नुरुल एरलियाना र हेल्मा एमिलीले २–२ गोल गरे ।अर्को खेलमा फिलिपिन्समाथि ५–१ को जित रच्दै म्यानमार समूह ‘ई’ मा विजेता हुँदै एएफसी यू–१६ च्याम्पियनसिप २०१९ मा छनोट भयो । उसले समूहका तीनै खेलमा जित हासिल गर्‍यो ।

प्रकाशित : आश्विन ८, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?