१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

माहिका र प्रेरणा भिड्ने

काठमाडौँ — ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिसअन्तर्गत महिला सिंगल्सको फाइनलमा माहिका राणाले प्रेरणा कोइरालासँग भिड्ने भएकी छन् ।

माहिका र प्रेरणा भिड्ने

सातदोबाटोस्थित टेनिस कोर्टमा माहिकाले अभिलाषा विष्टलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरिन् । अर्को प्रतिस्पर्धात्मक खेलमा प्रेरणाले माहिकाकी दिदी मायंका राणालाई ३–६, ७–६, ६–४ ले हराइन् । पहिलो सेट हारेर पनि प्रेरणाले माहिकासँगको भिडन्त पक्का गरेकी हुन् ।


पुरुष सिंगल्सतर्फ निक रासट्रप सेमिफाइनलमा पुगे । निकले प्रतिद्वन्द्वी निसान श्रेष्ठलाई ६–०, ६–० को सेटमा सजिलै हराए । प्रदीप खड्काले नवीन मगरलाई ६–३, ६–२ ले हराएर अन्तिम चार सुरक्षित गरे ।


यसैगरी जितेन्द्र परियार र सन्तोष खत्री पनि अन्तिम चारमा पुगेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–०, ७–६ को सेटले हराए । सन्तोषका प्रतिद्वन्द्वी महेश श्रेष्ठ भने रिटायर्ड हर्ट भएर बाहिरिएका थिए ।

प्रकाशित : आश्विन ९, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?