कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेट्रान फुटबल हुने

मोरङ — विराटनगरमा प्रदेश १ स्तरीय दोस्रो भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सीएमजी स्वास्थ्य क्लब विराटनगरले सहिद रंगशालामा असोज २० देखि २७ सम्म प्रतियोगिता गर्नेछ ।

भेट्रान फुटबल हुने

विजेताले १ लाख ५१ हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने क्लबका अध्यक्ष किशोर धमलाले बताए । प्रतियोगितामा आयोजक, हाटखोला, इटहरी, धरान, बिर्तामोड, काँकडभिट्टा एभरेस्ट, पूर्वाञ्चल भेट्रान क्लब दमकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक खेलका म्यान अफ द म्याचले ३ हजार, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट गोलकिपरले ४ हजार र सर्वाधिक गोलकर्ताले ४ हजार रुपैयाँ पाउने छन् । गत वर्षभन्दा पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?