कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

यू–१९ मा चार खेलाडी परिवर्तन

कान्तिपुर संवाददाता

काठमाडौँ — चार खेलाडी परिवर्तन गर्दै नेपालले बंगलादेशमा हुने एसीसी यू–१९ एसिया कपका लागि १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रतियोगिता सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म आयोजना हुँदै छ ।

यू–१९ मा चार खेलाडी परिवर्तन

राष्ट्रिय टोलीबाट खेल्दै आएका ब्याट्सम्यान रोहित पौडेलसहित माथिल्लोक्रमका ब्याट्सम्यान रवीन्द्रजंग शाही, देव्रेहाते स्पिनर सूर्य तामाङ र मध्यम गतिका बलर नन्दन यादव यू–१९ टोलीमा समावेश भएका छन् । भारतमा अघिल्लो साता सम्पन्न चार टिमसम्मिलित यू–१९ क्रिकेट प्रतियोगिताबाट किशोर महतो, लोकेश बम, शम्साद आलम र विपिन रावललाई परिवर्तन गर्दै उनीहरूलाई समावेश गरिएको हो ।


आशिफ शेखको कप्तानीमा रहने टोलीका अन्य खेलाडीमा कमलसिंह ऐरी, रवि शाह, रित गौतम, पवन सर्राफ, रशिद खान, भीम शार्की, तृतराज दास, सन्दीप जोरा, सागर ढकाल र अरुण ऐरी छन् । नेपाली टोलीका प्रशिक्षकमा विनोद दास, सहायक प्रशिक्षकमा मनोज कटुवाल, व्यवस्थापकमा शक्ति गौचन र फिजियोमा विक्रम न्यौपाने छन् ।


प्रशिक्षक विनोदसहित सुनोज भट्टराई र राजु खड्का रहेको छनोट समितिले खेलाडी छानेको हो । प्रशिक्षक दासले अरु खेलाडीलाई पनि अवसर दिन खोजेकाले केही परिवर्तन गरिएको बताए । उनले सन् २०१९ मा हुने यू–१९ विश्वकप छनोटको तयारीका लागि सबै खेलाडीलाई अवसर दिँदै नियाल्नु आवश्यक रहेको बताए । यू–१९ एसिया कपका लागि नेपाली टोली बिहीबार बंगलादेश जानेछ ।

प्रकाशित : आश्विन १०, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?