कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएल अक्सन : पारसद्वारा शक्तिको पेनाल्टी उद्दार

७ खेलाडीलाई जनही २ लाख ५० हजार
पोखरा र चितवन अक्सनमा बलियो

काठमाडौँ — शरद भेषावकर समावेश पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) को अक्सनमा बलियो टोलीमा देखिएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा कात्तिक ९ गतेदेखि २० सम्म पोखरामा हुने फ्रेन्चाइज लिग क्रिकेटका लागि आइतबार भएको अक्सनमा पोखरा पल्टनले विनोद भण्डारी, रोहितकुमार पौडेललगायत खेलाडी लिएको छ ।

पीपीएल अक्सन : पारसद्वारा शक्तिको पेनाल्टी उद्दार

विनोद र रोहितका लागि पोखराले अक्सनमा अधिकतम २ लाख ५० हजार रुपैयाँ भाउ लगाएको थियो । टोलीमा ललितनारायण राजवंशी, महबुब आलम, कुशल भुर्तेल, विक्रम भुसाल, कृष्ण कार्की, रशिद खान, आशिफ शेख, दिब्यांशु मलिक, इशान पाण्डेलगायतका खेलाडी छन् ।


पोखरा पल्टनका मार्की खेलाडी शरद भेषावकर अक्सनपछि सन्तुष्ट थिए । ‘हामीले चाहेको ६०–७० प्रतिशत खेलाडी लिन सफल भयौं, त्यसैले अक्सनले हामीलाई खुसी बनाएको छ,’ शरदले कान्तिपुरसँग भने ।


पोखरासँगैं राष्ट्रिय टोलीका पारस खड्का सम्मिलित चितवन राइनोजले अक्सनको राम्रो सदुपयोग गरेको थियो । अनिलकुमार शाह, करण केसी, आरिफ शेख र शक्ति गौचनमाथि अधिकतम जनही २ लाख ५० हजार खर्च गरेको चितवनको टोलीमा भुवन कार्की, रामनरेश गिरी, सुमित महर्जन, सोनु तामाङ, विनोद लामा, हरिशंकर शाह अन्य खेलाडी छन् ।


९ खेलाडी लिनेक्रममै १२ लाख ८० हजार रुपैयाँ सकाएपछि चितवनले पेनाल्टी तिर्नु परेको थियो । एउटा टोलीले अधिकतम १३ लाख खर्च गरेर अक्सनबाट कम्तिमा १० खेलाडी र बढीमा १५ खेलाडी लिनै पर्ने थियो । शक्ति गौचनले आफ्नो बेस प्राइस २ लाख १० हजार राखेका थिए । उनीमाथि कुनै टोलीको भाउ लागेन । त्यसपछि लिलामी नभएका खेलाडीबाट चितवनले २५ प्रतिशत पेनाल्टी तिर्दै शक्तिलाई लिदा २ लाख ६२ हजार ५ सय तिर्नु परेको थियो । चितवनले अक्सनमा सबैभन्दा बढी १४ लाख ९० हजार खर्च गरेको थियो ।


सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर टाइटन्सले दीपेश श्रेष्ठ, शाहव आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदीप ऐरी, राजु रिजाल, जितेन्द्रसिंह ठकुरी, सुनिल धमला, रविन जोशी र हिमांशु दत्तलाई लिएको छ । उपलब्ध सबै १३ लाख खर्च गरेको विराटनगरले प्रदीप ऐरीमाथि २ लाख ४० हजार र सुनिल धमलामाथी २ लाख २० हजार भाउ लगाएको थियो ।


पोखरासँगैं बुटवल ब्लास्टर्सले १२ लाख ९० हजार खर्च गर्‍यो । बुटवलमा मोहम्मद सम्साद शेख, सिद्धान्त लोहनी, हरिबहादुर चौहान, ललितसिंह भण्डारी, शंकर राना, पुरन विक, सागर पुन, हासिम अन्सारी, भिम सार्की, प्रकाश केसी, अविनाश बोहरा, नितेश थापा र विपिन खत्री छन् । सोमपाल कामी मार्की खेलाडी रहेको बुटवलले सागर पुनलाई २ लाख ५० हजार, ललितसिंह भण्डारीलाई २ लाख र सिद्धान्त लोहनीलाई १ लाख ६० हजारमा लिएको थियो ।


हुलास काठमाडौं रोयल्सले वसन्त रेग्मीलाई अधिकतम २ लाख ५० हजार भाउ लगाउदै आफ्नो टिममा लियो । ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको काठमाडौंमा पवन सर्राफ, सुशन भारी, पृथु बाँस्कोटा, अमरसिंह राउटेला, आदिल खान, नरेश बुढाऐर, नन्दन यादव, अमित श्रेष्ठ र सुमित झा अन्य खेलाडी रहेका छन् ।


दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको धनगढी ब्लुजले मन्जीत श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, दीलिप नाथ, सागर ढकाल, सन्दीप जोरा, फिर्दोश अन्सारी, सौरभ खनाल, विक्रम ठगुन्ना र सन्दीप रजालीलाई लिएको छ ।


अक्सनलाई १ सय ७८ खेलाडीलाई आवेदन दिएका थिए । उनीहरूलाई न्युनतम ३० हजार देखि अधिकतम २ लाख ५० हजार पारिश्रमिक तोकिएको थियो । नेपालमा पहिलो पटक अक्सनमा खेलाडीले आफ्नो भाउ आफै राख्न पाउने बनाइएको थियो ।

प्रकाशित : आश्विन १४, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?