१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विभागीय वर्चस्वमा प्रदेश ५ को यात्रा

प्रकाश बराल

बागलुङ — बाइसौं राष्ट्रिय महिला भलिबलमा तीन विभागीय टोली र प्रदेश ५ सेमिफाइनल पुगेका छन् । विभागीय टोली त्रिभुवन आर्मी र पुलिस क्लबले बिहीबार दोहोरो जित पाउँदा एपीएफले पनि एक जित पाएको छ । 

विभागीय वर्चस्वमा प्रदेश ५ को यात्रा

बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले प्रदेश ७ लाई सोझो सेटमा हरायो । आर्मीले २५–६, २५–११, २५–८ को सेटमा विजय पाएको हो । नेपाल पुलिसले प्रदेश ३ विरुद्ध २५–११, २५–७, २५–१३ को सोझो सेटमा विजय प्राप्त गरेको थियो ।


सशस्त्र प्रहरीको एपीएफले गण्डकी प्रदेशलाई २५–२०, २५–१३, २५–१६ को सोझो सेटमा हराएको थियो । आर्मीले कर्णाली प्रदेशलाई २५–६, २५–२, २५–८ ले रोक्दै दिनको दोस्रो जित हात पारेको थियो ।

बिहीबारै गण्डकीले प्रदेश ७ लाई २५–१६, २५–१५, २५–१६ र पुलिसले प्रदेश २ लाई २५–९, २५–६, २५–१० को सेटले हराए । पुलिसको पनि दिनको खेलमा दोस्रो जित हो ।


सेमीफाइनल शुक्रबार दिउँसो गलकोट बहुमुखी क्याम्पसको कोर्टमा सुरु हुने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यामबहादुर श्रीसले जानकारी गराएका छन् ।


प्रतियोगिताबाट उत्कृष्ट १८ खेलाडी छनोट हुनेछन् । ६ वैकल्पिक खेलाडी पनि छनोट गरेर राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखिने छ । सदरमुकामभन्दा टाढा गरिएको राष्ट्रिय प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुदको माहौल सिर्जना गर्न सहयोग पुगिरहेको श्रीसले बताए । ‘खेलको विकाससँगै स्थानीय तहलाई बजेट निर्माणमा पनि चासो राख्ने बनाएको छ,’ उनले भने, ‘दर्शकका कारण ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धनमा वृद्धि भएको छ ।’


९ टिमका खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २ सयभन्दा बढीको सहभागिता छ । युवालाई आर्कषित गर्न खेलमा लगानी बढाउने गलकोट नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् । यस प्रतियोगिताका लागि पनि नगरपालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रकाशित : आश्विन २६, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?