कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फेवातालमा ओपन वाटर पौडी प्रतियोगिता, शिरिषलाई तेस्रोपल्ट उपाधि

दीपक परियार

लेखनाथ — ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् ।

फेवातालमा ओपन वाटर पौडी प्रतियोगिता, शिरिषलाई तेस्रोपल्ट उपाधि

यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९.४० मिनेटमा दुरी पार गरेको रेकर्ड उनकै नाममा छ । प्रतियोगितामा वेदज्ञराज जोशी दोस्रो भए । उनले २१.३८.११ मिनेटमा दुरी पार गरे । दीपंकर अवाले २१.४२.९२ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।


महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो भइन् । उनले २२ मिनेट ३३.३५ सेकेण्डमा दुरी पार गरिन् । समिराशोभा थापाले २३ मिनेट ५५.९५ सेकेण्डमा दुरी पार गरेर दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी श्रेबी महर्जनले २४ मिनेट ०५.७७ सेकेण्डमा दुरी पार गरिन् । विजेताले क्रमश: १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।


पोखराका खेलाडीमध्येबाट धनमान गुरुङ पहलो भए । उनले २६ मिनेट ४८.७४ सेकेण्डमा दुरी पुरा गरे । अर्जुन नेपालीले ३० मिनेट १८.१० सेकेण्डमा दुरी पार गरेर दोस्रो र ठाकुर चौधरीले ३३ मिनेट ५६.४९ सेकेण्डमा दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाए ।


प्रतियोगीले फेवातालको बाराहीघाट पौडी सुरु गरी तालपारी पुगेर पुन: बाराहीघाट फर्किएका थिए । प्रतियोगितामा ५ विदेशी सहित ४० खेलाडी सहभागी भए । महिलातर्फ १० जनाले प्रतिस्पर्धा गरे । नेपाल पौडी संघको सहयोगमा कास्की जिल्ला पौडी संघ र जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गरेको हो । विजयी खेलाडीलाई प्रदेश सांसद राजीव पहारीले पुरस्कार वितरण गरे ।














प्रकाशित : आश्विन २६, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?