कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन

विनोद पाण्डे

काठमाडौँ — नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबार सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल च्याम्पियन भएको हो । राउन्ड रोबिन लिगको अन्तिम खेल अगाडि नेपाल र सिंगापुरको दुवैको १० अंक थियो । तर सिंगापुर भन्दा नेपाल रनरेटमा अगाडि थियो ।

नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन

शुक्रबारको खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो ।


मलेसियाको क्वलालम्पुरस्थित बायुमास ओभल खेल मैदलानमा नेपालले टसजितेपछि व्याटिङमा आएको सिंगापुर १३.३ ओभरमा ८१ रन बनाउँदै अलआउट भयो । नेपालबाट सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले २/२, ललित राजवंशी र बसन्त रेग्मीले १/१ विकेट लिए ।


नेपालले ३ बल खेली १ रन बनाउँदै १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल प्रभावित पारेको थियो । ओपनर अनिल साह शुन्यमै आउट भए ।


सात राष्ट्र सम्मिलित यस प्रतियोगिताबाट शीर्ष तीनमा रहेका नेपाल, सिंगापुर र मलेसिया दोस्रोचरणको एसिया छनोटमा पुगेका छन् ।


कीर्तिमानी सन्दीप


सन्दीप लामिछमाने एकै प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिता भरी कुल २४ विकेट लिए । शुक्रबार सिंगापुरसँगको खेल अगाडि सन्दिपले ५ खेलमा २० विकेट लिइसकेका थिए । शुक्राबार चार विकेट थप्दै सन्दीप नेपालका किर्तीमानी बलर बनेका हुन् ।


यसअघि बसन्त रेग्मीले २०१२ को विश्व क्रिकेट लिग डिभिजन-४ मा २१ विकेट लिएका थिए । सो प्रतियोगिता पनि मलेसियामा नै भएको थियो ।


प्रकाशित : आश्विन २६, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?