नरेन्द्रमणिको निर्णायक गोल

देवनारायण साह

मोरङ — नरेन्द्रमणि लिम्बुको निर्णायक गोलमा बिर्तामोडले प्रदेश १ स्तरीय भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ  । शनिबार सहिद रंगशलामा सम्पन्न फाइनलमा बिर्तामोडले डिफेन्डिङ च्याम्पियन धरानलाई १–० ले पराजित गर्दै १ लाख ५१ हजार रुपैयाँ हात पारेको हो  ।

नरेन्द्रमणिको निर्णायक गोल

खेलको निर्णायक गोल ५९ औ मिनेटमा नरेन्द्रमणिले गरे । उनले सन्तोष राईको पासलाई गोलमा परिणत गरेका थिए । नरेन्द्रको प्रहार धरानका गोलकिपर दिपेन लिम्बुले नियन्त्रणमा लिने प्रयास गर्दा बल खुट्टामा ठोक्किएर पोस्टभित्र छिरेको थियो । गत वर्ष धरानले बिर्तामोडलाई २–१ ले हराएर उपाधि जितेको थियो । उपविजेता धरानले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।

खेलको १७ औं मिनेटमा बिर्तामोड अग्रता लिनबाट चुक्यो । तोयाराम भुजेलको प्रहारमा धरानका गोलरक्षक दिपेन लिम्बु बाधक बन्दा बिर्तामोडले सुरुआती अग्रता लिन सकेन । ३१ औं मिनेटमा रिेन्द्रमणि लिम्बुको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन । ३८ औं मिनेटमा सुवास आङ्थुपाको प्रहार पोस्ट माथिबाट बाहिरियो । ५७ औं मिनेटमा सुवासकै प्रहार आउट भयो । उत्कृष्ट गोलरक्षकको उपाधि बिर्तामोडका टंक धिमालले प्राप्त गरे । प्रतियोगिताभरमा चार गोल गरेर काँकडभिट्टा भेट्रान क्लबका लाक्पा लामा सर्वाधिक गोलकर्ता बने । म्यान अफ द सिरिज बिर्तामोडका नरेन्द्रमणि लिम्बु घोषित भए ।

सीएमजी स्वास्थ्य क्लब विराटनगरद्वारा आयोजित प्रतियोगिताका विजेतालाई विराटनगर महानगरका मेयर भीम पराजुली, आयोजक क्लबका अध्यक्ष किशोर धमला, जिल्ला फुटबल मोरङका अध्यक्ष दीपेन्द्र घिमाल लगायतले पुरस्कृत गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?