१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

स्याङ्जामा पाराग्लाइडिङ विश्वकप हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ  ।

स्याङ्जामा पाराग्लाइडिङ विश्वकप हुने

हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेममा पाराग्लाइडिङबाट नेपालले एक मात्र रजतपदक जितेको थियो । प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।


स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कात्तिक १५ देखि १९ गतेसम्म हुनेछ । उक्त मैदान पाराग्लाइडिङको ट्रेनिङ सेन्टरका रूपमा समेत विकास गरिरहेको संघले जनाएको छ । यसअघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ ।


पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए । नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?