२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दमकडा क्रिकेट लिग दसैंपछि

कान्तिपुर संवाददाता

पाल्पा — दमकडा क्रिकेट लिगको नवौं संस्करण कात्तिक ४ गतेदेखि सुरु हुने भएको छ  । क्लबका म्यानेजमेन्ट युनिट मेम्बर अच्युत पाण्डेयले दसैंलगत्तै हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए  ।

दमकडा क्रिकेट लिग दसैंपछि

क्लबले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।


आठौं संस्करणसम्म टेनिस बलले प्रतियोगिता खेलाइँदै आएको थियो । यसपटकदेखि स्ट्यान्डर्ड लेदर बलले प्रतियोगिता सञ्चालन गरिने पाण्डेयले बताए । प्रतियोगितामा ८ समूहको सहभागिता रहनेछ । पाल्पामै स्थायी बासिन्दा भएका खेलाडीले मात्र खेल्न पाउने नयाँ नियम बनाइएको छ । ‘पाल्पाली खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘जसले गर्दा भोलिका दिनमा पाल्पालीको राम्रो समूह बन्न सकोस् ।’


खेल सञ्चालनका लागि ४ लाख रुपैयाँ खर्च हुने अनुमान छ । लेदर बलले प्रतियोगिता सञ्चालन गर्ने खबरले राष्ट्रिय टोलीका पूर्वखेलाडी शक्ति गौचनसमेत खुसी छन् । उनले २४ थान लेदर बल र अन्य खेल सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


दुई समूहमा विभाजन गरेर लिग खेलाइनेछ । प्रतियोगितामा पाल्पाली क्रिकेट क्लब, लुहुङ क्रिकेट क्लब एनबीआर, एमआईबी सिक्स, म्याक्स स्पोर्ट्स समूह ‘ए’ मा छन् । यस्तै, दमकडा क्रिकेट क्लब, अलस्टार क्रिकेट क्लब, पाल्पा क्रिकेट क्लब र पाल्पाली लेजेन्ड्स समूह ‘बी’ मा रहेका छन् । दमककडा क्रिकेट क्लबले तानसेनमा पत्रकार भेटघाट गरेर खेल तालिका, तयारी, योजना सार्वजनिक गरेको हो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?