१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नोभिस बक्सिङ मंसिरमा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता मंसिर ५ देखि ८ गतेसम्म काठमाडौंमा हुने भएको छ  । नेपाल बक्सिङ संघको आयोजनामा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताले प्रतिभावान खेलाडीको उदय हुने यसका अध्यक्ष राम अवालको विश्वास छ  ।

नोभिस बक्सिङ मंसिरमा

नोभिस प्रतियोगितामा यसअघि औपचारिक बक्सिङ प्रतियोगिता नखेलेका महिला र पुरुष खेलाडीहरूले सहभागी हुन पाउनेछन् । प्रतियोगितालाई यू–१९ र यू–२२ वर्षमुनि गरी दुई उमेर समूहमा विभाजन गरिएको छ । यू–१९ वर्षमुनिको महिला र पुरुषतर्फ ५/५ वटा तौल समूह रहेका छन् । महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी र ६० केजी तथा पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ केजी तौल समूह छन् ।


यू–२२ वर्षमुनिको महिलातर्फ ६ वटा र पुरुषतर्फ ८ वटा तौल समूह छन् । महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी ६० केजी र ६४ केजी तौल समूह राखिएको छ । यू–२२ वर्षमुनिको पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समावेश गरिएको छ ।

नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीले देशभरबाट लगभग १ सय ८० खेलाडीको सहभागिता रहने जानकारी गराए । महिला र पुरुष यू–१९ तथा महिला र पुरुष यू–२२ गरी ४ वटै उमेर समूहमा टिम च्याम्पियन ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका लागि अनुमानित बजेट २२ लाख ११ हजार रहेको केसीले बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?