इटालीद्वारा पोल्यान्ड पराजित

एएफपी

सोरजोभ, पोल्यान्ड — क्रिस्टियानो बिरागीले अन्त्यतिर निर्णायक गोल गर्दै रोबेर्टो मान्चिनीले सम्हालेयता इटालीलाई प्रतियोगितामा पहिलो जित दिलाएका छन्  । अजुरीले नेसन्स कपमा सोरजोभमा भएको नेसन्स लिग ए को समूह ३ मा आइतबार पोल्यान्डमाथि १–० को जित हात पारेको हो  ।

इटालीद्वारा पोल्यान्ड पराजित

क्रिस्टियानो बिरागीले अन्त्यतिर निर्णायक गोल गर्दै रोबेर्टो मान्चिनीले सम्हालेयता इटालीलाई प्रतियोगितामा पहिलो जित दिलाएका छन् । अजुरीले नेसन्स कपमा सोरजोभमा भएको नेसन्स लिग ए को समूह ३ मा आइतबार पोल्यान्डमाथि १–० को जित हात पारेको हो ।


२६ बर्षीय डिफेन्डर बिरागीले इन्ज्युररी समयको दोस्रो मिनेटमा विजयी गोल गरेका थिए । उनले इटालीको लागि पहिलो गोल गरेका हुन् । खेलमा इटालीकै वर्चस्व रहेको थियो । हारसँगै पोल्यान्ड रेलिगेसनमा परेर समूह बी मा झर्ने पक्का भयो ।


चारपल्टको च्याम्पियन विश्वकपमा छनोट हुन असफल भएपछि मे महिनामा इटालीको प्रशिक्षक भएयता मान्चिनीको टिमले पहिलो जित हात पारेको हो । ‘नयाँ चक्र सुरु भइसकेको छ,’ मान्चिनीले भने, ‘हामीले खेलमा बर्चस्व राखेका थियौं । हामीले पहिले नै गोल गर्नुपथ्र्यो । गोलरहित सकिएको भए न्यायोचित हुने थिएन ।’ उनले थपे, ‘खेलाडीहरूले अन्त्यसम्मै राम्रो गर्ने प्रयास गरे । राम्रो खेल जित्नु धेरै राम्रो हो ।’


फियोरेन्टिनाका डिफेन्डर बिरागीले गोल गरेपछि हातले ‘१३’ को संकेत देखाएका थिए, जुन उनले आफ्नो पहिाले गोल इटालीका पूर्व खेलाडी एवं फियोरेन्टिनाका कप्तान डेविड एस्टोरीप्रति समर्पण गरिएको थियो । एस्टोरीको हृदयाघातबाट गत मार्चमा निधन भएको थियो । ‘म सबै कुरमा उनीसँग ऋणि छु । उनी मेरा मेन्टर हुन् । उनकै कारण यहाँ छु,’ २६ वर्षको उमेरमा पहिलोपल्ट इटालीको टिममा गत महिना बोलाइएका बारागीले भने ।


तीन टिमको समूहमा युरोपेली विजेता पोर्चुगल ६ अंकसहित शीर्षस्थानमा रहेको छ । इटालीको चार अंक रहेको छ भने एक अंक बनाएको पोल्यान्ड लिग बी मा झर्ने निश्चित भयो । मान्चिनीले युक्रेनविरुद्ध बुधबार १–१ भएको खेलमा उतारेका ११ खेलाडीलाई नै पहिलो रोजाइमा अवसर दिएका थिए । उनले फेडेरिको बर्नाडेची, लोरेन्जो इन्सिग्ने र फेडेरिको किएसालाई आक्रमणको जिम्मेवारी दिएका थिए । उनले लोरेन्जो पेलेग्रिनीको स्थानमा मिडफिल्डमा २१ वर्षीय निकोलो बारेलालाई रोजेका थिए ।


पोल्यान्डले रोबर्ट लेवन्डोव्स्कीसँग अरकाडिउज मिलिकको अग्रपंक्तिको सहकार्य तोडेर जेनोआका फरवार्ड क्रिस्जिस्तोफ पियातेकलाई अवसर दिएको थियो । पियातेकले क्लब र देशको लागि पछिल्ला दस खेलमा १४ गोल गरेका थिए । इटालीले पहिलो हाफमा राम्रो खेलेको थियो तर उसको फिनिसिङ फेरि समस्या देखिएको थियो । इटालीले अर्को खेलमा १७ नोभेम्बरमा पोर्चुगलको सामना गर्ने छ । त्यसको तीन दिनपछि पोल्यान्डले पोर्चुगलविरुद्ध खेल्नेछ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?