१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विराटनगर र पोखराको पहिलो खेल

पीपीएल
कान्तिपुर संवाददाता

काठमाडौँ — विराटनगर टाइटन्स र पोखरा पल्टनबीच पोखरा प्रिमियर लिग (पीपीएल) लिगको पहिलो खेल हुँदैछ  । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले कात्तिक ९ गते देखि २० सम्म पोखरामा हुने फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको हो  ।

विराटनगर र पोखराको पहिलो खेल

विराटनगरमा सन्दीप लामिछाने र पोखरामा शरद भेषावकर मार्की खेलाडी रहेका छन् । पोखरामा विनोद भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, महबुब आलम, कुशल भुर्तेल, विक्रम भुसाल, कृष्ण कार्की, रसिद खान, आसिफ शेख, दिव्यांशु मलिक, इशान पाण्डेलगायत खेलाडी छन् ।


पूर्वखेलाडी पारस लुनियाका स्वामित्वमा रहेको विराटनगरमा सन्दीपसहित दीपेश श्रेष्ठ, साहव आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदीप ऐरी, राजु रिजाल, जितेन्द्रसिंह ठकुरी, सुनील धमला, रविन जोशी र हिमांशु दत्त खेलाडी रहेका छन् । पोखरा रंगशालामा पहिलो खेल दिनको ११ बजे हुनेछ ।


कात्तिक १० गते चितवन राइनोजले बुटवल ब्लास्टर्ससँग र हुलास काठमाडौं रोयल्सले एक्सपर्ट धनगढीसँग खेल्ने छ । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको अन्तिम चरणमा बुटवल र पोखराले काठमाडौंसँग, धनगढीले पोखरासँग तथा विराटनगरले चितवनसँग खेल्ने छ ।


शीर्ष स्थानमा रहने टोली सिधै फाइनल पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा प्रवेश पाउन इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।

ग्रान्डी मेडिकल पार्टनर
ग्रान्डी इन्टरनेसनल पीपीएलको मेडिकल पार्टनर बनेको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट र ग्रान्डीबीच सम्झौता भएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।


सम्झौतामा क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्रान्डीका मेडिकल निर्देशक चक्रराज पाण्डेले हस्ताक्षर गरे । सम्झौताअनुसार ग्रान्डीले पीपीएलका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्टका साथै मैदानमा चाहिने स्वास्थ्यकर्मी देखि मेडिकल सामग्री उपलब्ध गराउने क्विन्स इभन्ेट्सले जनाएको छ ।


विगतमा धेरै खेलाडीसँगको उपचार गरिसकेकाले पीपीएलसँग जोडिँदा खुसी लागेको ग्रान्डीका मेडिकल डाइरेक्टर पाण्डेले जनाए । ग्रान्डीले पृथु बाँस्कोटा, अमृत भट्टराई, ज्ञानेन्द्र मल्ललगायत खेलाडीको उपचार गरिसकेको स्मरण गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले त्यसका लागि अस्पतालप्रति आभार व्यक्त रहे ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?