कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गैंडा संरक्षण फुटबल दसैंपछि

कान्तिपुर संवाददाता

काठमाडौँ — १५ वर्षदेखि सञ्चालन हँुदै आएको गैंडा संरक्षण फुटबल दसैंपछि सुरु हुने भएको छ  । पहिलो हुनेलाई ५ लाख नगद, द्वितीयलाई ३ लाख प्रदान गरिने फुटबल कात्तिक ११ देखि कोल्हुवामा हुने भएको हो  ।

गैंडा संरक्षण फुटबल दसैंपछि

नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौं, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने प्रतियोगिता कात्तिक २१ गतेसम्म हुने सोमबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


हरेक बर्ष एक सिङ्गे गैंडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने उक्त प्रतियोगितामा नेपालको एकसिंगे गैडा संरक्षणको नारा दिइने गरिएको छ । खेलकुद र खेलाडीमार्फत सन्देशमूलक जानकारी र सूचना सम्प्रेषण गर्न विगत १५ वर्षदेखि यहाँ फुटबल आयोजना गरिंदै आएको छ । त्यसमा स्थानीयको ठूलो सहभागिता रहने गरेको छ ।


नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले प्रतियोगिता खेलकुदको माध्यमबाट युवाहरूमा वन, वन्यजन्तु एवम् वातावरण संरक्षण चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यका साथ आयोजना गर्न लागिएको बताए


खेल सञ्चालनका लागि वन मन्त्रालय र खेलकुद मन्त्रालय, नेपाल सरकारको वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गतको वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज र गैंडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाहरूको सहभागिता बढाउने, खेलकुद र पर्यापर्यटनको सम्मिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्ने लगायतका उद्देश्य राखेर आयोजना गरिने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा उद्घाटन गरिने कार्यक्रम छ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?