१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आयोजकलाई उपाधि

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंगा गाउँपालिका ५ खेवाङमा सम्पन्न पुरुष फुटबलको उपाधि आयोजक खेवाङले जितेको छ । क्लबस्तरीय खुला प्रतियोगिताको फाइनलमा तेल्लोकलाई ३–० गोलले पराजित गर्दै उपाधि चुमेको हो ।

आयोजकलाई उपाधि

विजेता टिमलाई प्रतिनिधिसभा सांसद योगेश भट्टराईले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरे । उपविजेता तेल्लोकलाई गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले नगद ५० हजारसहित ट्रफि प्रदान गरे ।


बडा दसैंको अवसरमा आयोजित प्रतियोगितामा झापाको विर्तामोड, सुनसरी देखिका टिम आएका थिए । प्रतियोगितामा १० टिमको सहभागिता थियो । असोज २७ गतेदेखि भएको खेल गणेश माविको खेलमैदानमा सञ्चालन गरिएको हो ।


देश विदेशमा रहेका खेवाङवासी तथा शुभचिन्तकको आर्थिक तथा प्राविधिक सहयोगमा प्रतियोगीता सञ्चालन गरिएको खेवाङ स्पोर्टिङ क्लबका अध्यक्ष विनम माबोले बताए । दसैंको अवसरमा हुँदै आएको प्रतियोगीताले आगामी वर्ष पनि सञ्चालन गरिने माबोले बताए ।

प्रकाशित : कार्तिक १, २०७५ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?