पाल्पा र पाल्पाली विजयी

कान्तिपुर संवाददाता

पाल्पा — दमकडा क्रिकेट क्लबद्वारा आयोजित पाल्पा टी–२० च्याम्पियन्स लिगमा सोमबार पाल्पा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्स विजयी भएका छन्  । पहिलो खेलमा पाल्पाली क्रिकेटले एमआईबी सिक्सलाई ८ विकेटले हरायो  ।

पाल्पा र पाल्पाली विजयी

टस जितेर ब्याटिङ रोजेको एमआईबीले २० ओभरमा ७ विकेट गुमाई ९३ रन बनायो । विजय क्षेत्रीले ३५ र सुजित थापाले १४ रन जोडे । पाल्पालीका रुपेश बस्यालले २, विमर्श दर्नाल, अजय बस्याल र सन्दीप बस्यालले १–१ विकेट लिए ।

पाल्पालीले १३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । त्यसमा आशिष लोहनीले ३८ र विपिन खातीले २९ रनको योगदान दिए । एमआईबीका हिल्सन क्षेत्रीले २ विकेट लिए । खेलमा ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिएका विमर्श दर्नाल म्यान अफ द म्याच भए ।

अर्को खेलमा पाल्पा क्रिकेट क्लबले आयोजक दमकडालाई २३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको पाल्पाले २० ओभरमा ५ विकेट गुमाई १ सय ४४ रन बनाएको थियो ।

पाल्पाका विशाल न्यौपानेले ३८, रुपेश बस्यालले ३३ र कुलदीप थापाले २० रन बनाए । दमकडाका रोजित अधिकारीले ३ विकेट, तारा बस्याल र अच्युत पाण्डेयले समान एक विकेट लिए । १ सय ४५ रनको लक्ष्य पछयाएको दमकडाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २१ रनमात्र बनाउन सक्यो ।

रुपक सापकोटाले २३, सन्तोष परियार र सतीश परियारले समान १९, अच्युत पाण्डेयले १२ र गोपाल तिमिल्सेनाले ११ रन जोडे । पाल्पाका दीपु जोशी र अर्पण अर्यालले ३–३ विकेट लिए । दीपु जोशी म्यान अफ द म्याच भए । मंगलबार एमआईबी सिक्स र एनबीआर लुहुङ तथा म्याक्स स्पोर्टस र पाल्पाली क्रिकेट प्लेयर्सबीच प्रतिस्पर्धा हुनेछ । विजेताले ६० र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?