कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माघ मसान्तसम्म सारियो

ठाकुरसिंह थारु

नेपालगन्ज — भौतिक पूर्वाधार निर्माण पूरा नभएपछि यहाँ हुने भनिएको आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिता माघ मसान्तसम्म सारिएको छ । यसअघि प्रतियोगिता मंसिर २१ देखि २८ सम्म हुने घोषणा गरिएको थियो  ।

माघ मसान्तसम्म सारियो

तयारी पूरा नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले माघ मसान्तमा सारेको हो । ‘मिति सरेपछि निर्माणको कामले गति पाएको छ । दुई महिनाभित्रै संरचना निर्माण भइसक्छ,’ क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले भने,‘पछिल्लोपल्ट तोकिएकै मितिमा प्रतियोगिता गर्ने गरी काम भइरहेको छ ।’

पूर्वाधार निर्माणका लागि ढिलो गरी बजेट निकासा भएका कारण समयमै काम नसकिएको हो । सरकारले बजेट पठाएपछि निर्माणको काम अगाडि बढेको छ । ‘ढिलो गरी बजेट आयो । तर, बजेट आएपछि निर्माणको कामले गति पाएको छ । चालु आर्थिक वर्षको बजेट अझै आउन बाँकी छ,’ अध्यक्ष ओलीले भने, ‘०७५ को बजेट समयमै पठाइए निर्धारित समयमै प्रतियोगिता गर्न सम्भव छ ।’

उनका अनुसार सरकारले बाँकेमा निर्माण भइरहेको जुडो हलका लागि १ करोड १६ लाख बजेट आइसकेको छ । बाँकेको खजुरामा निर्माण भइरहेको भलिबल स्टेडियमका लागि १ करोड रुपैयाँ आएको छ ।

बाँकेमा गरिने अभ्यासस्थल तयार गर्न ४० लाख बजेट निकासा गरिएको छ । प्रदेश ५ को पाल्पामा अभ्यासस्थलका लागि १० लाख, बर्दियाको भुरीगाउँमा कबड्डी र खोखो खेल पूर्वाधार निर्माणका लागि ३० लाख, बर्दियाको गुलरियामा भलिबल र एथलेटिक्स ट्रयाक निर्माणका लागि ५२ लाख ३२ हजार, कबड्डी एकेडेमी र खोखो एकेडेमी निर्माणका लागि ८५–८५ लाख र बर्दिया अभ्यासस्थल तयार गर्न २५ लाख बजेट केन्द्रले पठाइसकेको छ ।

दाङमा निर्माण भइरहेको बास्केटबल कोर्ट निर्माणलाई ५० लाख, कराँते कभर्डहल निर्माणलाई ५० लाख र प्राक्टिस भेन्यु तयार पार्न २५ लाख बजेट आइसकेको छ । कपिलवस्तुमा कुस्ती खेलस्थल निर्माणका लागि १० लाख रकम आएको छ ।

‘पछिल्लो समयमा आएको बजेटले हामीलाई प्रतियोगिता तयारीमा हौसला मिलेको छ । यस्तै सहयोग भयो भने समयमै प्रतियोगिता गर्न सहज हुनेछ,’ ओलीले भने । राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधारका लागि १३ ठूला आयोजना सन्चालनमा छन् । राष्ट्रिय खेलकुदमा ३५ खेलको प्रतिस्पर्धा हुनेछ ।

कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण भइरहेको छ । नेपालगन्ज रंगशालाको ट्रयाक एन्ड फिल्ड निर्माणमा साढे ६ करोड रुपैयाँ खर्च भइसकेको छ । पौडी पोखरीको काम करिब अन्तिम चरणमा पुगेको छ ।

आठौं राष्ट्रिय खेलकुदको लोगो र मस्कोट हात्तीको छावा राखिएको छ । प्रतियोगिताको नारा र गीत यसअघि नै सार्वजनिक भइसकेको छ । प्रतियोगितालाई करिब डेढ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । त्यस अतिरिक्त ५० करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।

प्रकाशित : कार्तिक ९, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?