२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पीपीएल : पाेखरा पल्टनकाे विजयी सुरूअात, ५८ रनले विजयी

पोखरा — पोखरा पल्टनले विराटनगर टाइटन्समा हावी हुदैं ५८ रनको विजयी निकाली पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आफ्नो दावेदारीता प्रस्तुत गरेको छ । 

पीपीएल : पाेखरा पल्टनकाे विजयी सुरूअात, ५८ रनले विजयी

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा १ सय ९८ रनको लक्ष्य लिएर आएको विराटनगरलाई १३९—८ को स्कोरमा रोकि पोखराले उद्घाटन खेलमा प्रभावशाली विजय हात पारेको हो । विराटनगरका राजु रिजाल र पुष्प थापाले समान ३० रन बनाए । ओपनरद्वय प्रदीप ऐरी ११ र सुनिल धमला १० रनमा आउट भएका थिए ।


जितेन्द्र सिंह ठकुरी १०, एन्ड्रयु सुविक्शन १४ र राजेश पुलामी मगर ७ र जितेन्द्र मुखिया ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ११ रनमा नटआउट रहे । पोखराका ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चे ।


महबुब आलम, कृष्ण कार्की, कप्तान शरद भेषावकर, विक्रम भुसाल र रशिद खानले १,१ विकेट लिए । यसअघि आसिफ शेखको अर्धशतकमा टस हारेपछि ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो । विनोद भण्डारी ११ बलमा ४१ रन बनाई नटआउट रहे । उनले २ चौका र ५ छक्का प्रहार गरे । शरद ४ बलमा ७ रन बनाई नटआउट रहे ।


कुशल भुर्तेल र आशिफले पहिलो विकेटमा अर्धशतकीय साझेदारी गरी पोखरालाई राम्रो सुरुआत दिलाएका थिए । उनले कुशल २६ बलमा २ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाई विराटनगरका सन्दीपको बलमा आउट भए ।



आसिफले ५४ बलमा ५२ रन बनाए । १९ औं ओभरमा आउट भएका उनले ५ चौका र १ छक्का प्रहार गरे । भारतीय खेलाडी रवि इन्दर सिंहले २७ बलमा ४ छक्का र २ चौका प्रहार गरी ४४ रन बनाए । विराटनगरबाट सन्दीपले २ विकेट लिए ।



...

(अपडेट)

विराटनगर टाइटन्सविरुद्ध सानदार ब्याटिङ गर्दै पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आफ्नो दावेदारीता प्रस्तुत गरेको छ । उद्घाटन खेलमा आसिफ शेखको अर्धशतकमा टस हारेपछि ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९७ रन बनायो ।


विनोद भण्डारी ११ बलमा ४१ रन बनाई नटआउट रहे । उनले २ चौका र ५ छक्का प्रहार गरे । कप्तान शरद भेषावकर ४ बलमा ७ रन बनाई नटआउट रहे ।


कुशल भुर्तेल र आशिफले पहिलो विकेटमा अर्धशतकीय साझेदारी गरी पोखरालाई राम्रो सुरुआत दिलाएका थिए । उनले कुशल २६ बलमा २ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाई विराटनगरका कप्तान सन्दीप लामिछानेको बलमा आउट भए ।


आसिफले ५४ बलमा ५२ रन बनाए । १९ औं ओभरमा आउट भएका उनले ५ चौका र १ छक्का प्रहार गरे । भारतीय खेलाडी रवि इन्दर सिंहले २७ बलमा ४ छक्का र २ चौका प्रहार गरी ४४ रन बनाए । विराटनगरबाट सन्दीपले २ विकेट लिए ।

प्रकाशित : कार्तिक ९, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?