कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पीपीएल : काठमाडौंद्वारा विराटनगर ५ विकेटले पराजित

पोखरा — काठमाडौं रोयल्सले विराटनगर टाइटन्सले नमस्ते पोखरा प्रिमियर लिगमा दिएको १ सय ५० रनको लक्ष्य ५ विकेटको क्षतिमा प्राप्त गरेको छ । काठमाडौं रोयल्सका गौरभ तोमारले अर्धशतकीय पारी खेलेपछि काठमाडौंले सहज जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४९ रन बनाएका थियो । 

पीपीएल : काठमाडौंद्वारा विराटनगर ५ विकेटले पराजित

काठमाडौंका अमितले ३५ रनको योगदान दिएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले १७ रनको योगदान दिए ।


विराटनगरका लागि सहाब आलमले २ विकेट लिएका थिए ।


यस्तै, विराटनगरबाट पाकिस्तानी खेलाडी मोहम्मद जायदले सर्वाधिक ६७ रन बनाए । उनले ४७ बल खेली ७ चौका र ४ छक्का प्रहार गरे । उनले सुनिल धमलास“ग पहिलो विकेटमा ६५ रन जोडेको थिए ।


सुनिलले २९ बल खेली १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाए । राजेश पुलामी मगरले पनि २७ बलमा १ चौका र १ छक्का प्रहार गरी ३० रन बनाए । पुष्प थापा १, प्रदीप ऐरी ९ र राजु रिजाल १ रनमा आउट भएका थिए । काठमाडौंका सुशन भारी, वसन्त रेग्मी र गौरव तोमारले २,२ विकेट लिए ।


प्रकाशित : कार्तिक १२, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?