१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पीपीएल : पोखराले चितवनलाई ५ विकेटले पराजित गर्‍यो

पोखरा — दाबेदार चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो खेलमा पराजित भएको छ । चितवनलाई पोखरा राइनोजले ५ विकेटले पराजित गर्‍यो । प्रतियोगितामा पहिलो विजय हात पार्ने आशामा रहेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रन बनाएको थियो ।

पीपीएल : पोखराले चितवनलाई ५ विकेटले पराजित गर्‍यो

रवि इन्दर सिंहको सानदार अर्धशतकमा पोखराले १७.२ ओभरमा लक्ष्य पुरा गर्यो । पोखराको तीन खेलमा यो दोस्रो विजय हो । प्रतियोगिताको पहिलो खेलमा विजय हात पारेको पोखरा दोस्रो खेलमा आइतबार बुटवल ब्लास्टर्सस“ग पराजित भएको थियो ।


भारतीय खेलाडी सिंहले ४८ बलमा ६५ रन बनाए । उनले ८ चौका र ३ छक्का प्रहार गरे । कप्तान शरद भेषावकर र उनले विजयको नजिक पुर्याएपछि तीन बलको अन्तरमा दबै आउट भए । शरदले २० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए । पोखराको सुरुआत राम्रो थिएन ।


ओपनरद्वय कुशल भुर्तेल र आसिफ खाता नखोली आउट भए । पहिलो दुइ ओभरमा कुनै रन बनाउदा दुबै आउट भइसकेका थिए । त्यसपछि रोहित पौडेलले २४ बलमा १९ रन बनाए । विनोद भण्डारी ४ र महबुब आलम ७ रनमा अविजित रहे । चितवनका करण केसीले ३ तथा सन्नी पटेल र शक्ति गौचनले १,१ विकेट लिए । बुटवल ब्लास्टर्सले पहिलो खेलमा चितवनलाई ७० रनले स्तब्ध परेको थियो ।


चितनवबाट सन्नी पटेलले अविजित ४६ रन बनाए । अन्तिम ओभरमा महबुब आलमको बलमा २ छक्का प्रहार गरेका उनले २७ बलको इनिङ्समा कुल ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान पारस खड्काले सर्वाधिक ४४ रन बनाए । ३२ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।


हरिशंकर शाह ३, अनिलकुमार शाह १६, सोनु तामाङ २१ र करण केसी शुन्यमा आउट भएका थिए । पोखराका विक्रम भुसालले २ तथा महबुब आलम, मोहम्मद नाविद र कप्तान शरद भेषावकरले १,१ विकेट लिए ।

तस्बिर : अंगद ढकाल


प्रकाशित : कार्तिक १२, २०७५ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?