कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ च्याम्पियन

प्रदीप मेन्याङ्बो

सुनसरी — इटहरीमा सोमबार सम्पन्न तेस्रो यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेटको उपाधि प्रदेश २ टिमले जितेको छ । उसले आयोजक इटहरी क्रिकेट एकेडेमीलाई फाइनलमा १ सय १९ रन अन्तरले हराएको हो ।

प्रदेश २ च्याम्पियन

विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार रुपैयाँ पुरस्कार जितेका थिए । इटहरीस्थित नेपाल डीभीएम स्कुलको मैदानमा टस जितेको प्रदेश २ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रन बनायो । सोनु अन्सारीले सर्वाधिक ६०, रवि शाहले ५९, अमित यादवले २८, विकास दासले १९, विवेक यादवले १३ र तीर्थराज दासले १० रन बनाए ।


इटहरीका विकल्प आचार्यले २, निशान महत, भूपाल लुइँटेल र राज थापाले १–१ विकेट लिए । २ सय २ रनको लक्ष्य पछयाएको इटहरी १६.२ ओभरमा अलआउट हुँदा ८२ रनमात्र जोड्न सफल भयो । इटहरीका सुवास यादवले ३२, गौतम शर्माले १७ र अलफाज मन्सुरीले १० रन बनाए । प्रदेश २ का निखिल सिंहले ४ विकेट लिए । गोमानन्द यादव र अदिल खानले २–२ विकेट लिए ।


म्यान अफ द म्याच प्रदेश २ का निखिल सिंह घोषित भए । उनले २ हजार पाए । उत्कृष्ट खेलाडी प्रदेश २ कै रवि शाह चुनिए । उनले १० हजार रुपैयाँ पाए । उत्कृष्ट बलर प्रदेश २ का विकास दास र उत्कृष्ट ब्याट्सम्यान इटहरीका गौतम शर्मा घोषित भए । उनीहरूले जनही ५ हजार थापे । विजेतालाई राष्टिय खेलकुद परिषदा सदस्यसचिव केशवकुमार विष्टले पुरस्कृत गरे ।

प्रकाशित : कार्तिक १२, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?