पीपीएल : पारसको चितवन राइनोजले हात पार्‍यो पहिलो जित, धनगढी १२६ रनले पराजित (अपडेट)

पोखरा — चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो विजय हात पारेको छ । धनगढी एक्सपर्ट ब्लुजलाई १ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवनले विजयको खाता खोलेको हो ।

पीपीएल : पारसको चितवन राइनोजले हात पार्‍यो पहिलो जित, धनगढी १२६ रनले पराजित (अपडेट)

बुधबार टस हारेर ब्याटिङ रोजेको चितवनले ६ विकेट गुमाई १ सय ९३ रन बनाएको हो । प्रतियोगितामा यो दोस्रो उच्च स्कोर हो । स्थानीय टोली पोखरा पल्टनले पहिलो दिनको खेलमा विराटनगर टाइटनसँग १ सय ९७ रन बनाएको थियो ।


जबाफमा आएको धनगढी १६.२ ओभरमा ६७ रनमा अल आउट भयो । सन्नी पटेलले ३.२ ओभरमा ८ रनमात्र खर्चेर ४ विकेट लिए । समित पटेल र भुवन कार्कीले २,२ तथा करण केसी र शक्ति गौचनले १,१ विकेट लिए ।


धनगढीबाट पिटर ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रन बनाए । धनगढीका ओपनरद्वय दिलीप नाथ र डानियल लरेन्स खाता नखोली आउट भएका थिए ।

यसअघि चितवनबाट हरिशंकर साहले ३३ बलमा ५३ रन बनाएका थिए । पोखरा रंगशालाको क्रिकेट मैदानमा उनले ६ चौका र ३ छक्का प्रहार गरे । उनले अनिलकुमार साहसँग पहिलो विकेटमा ११.३ ओभरमा १ सय १० रन जोडे । अनिलले ३४ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३७ रन बनाए ।


कप्तान पारस खड्का ९ बलमा १९ र समित पटेल १७ बलमा २४ रन बनाई आउट भए । आरिफ शेख फेरि पनि खाता खोल्न चुके । सन्नी पटेल १६ बलमा २६ र करण केसी ६ बलमा ११ रन बनाई नटआउट रहे ।


धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी सहित पिटर ट्रेगो डानियल लवरेन्स, योगन्द्र कार्कीले १,१ विकेट लिए । १ खेलमा विजय हात पारेको धनगढीले ३ खेलमा दोस्रो पराजय भोगिसकेको छ ।



तस्बिर : अंगद ढकाल/हेमन्त श्रेष्ठ

प्रकाशित : कार्तिक १४, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?