१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पीपीएलः धनगढी ब्लुजद्वारा पोखरा पल्टन २ विकेटले पराजित [अपडेट]

पोखरा — दीपन्द्रसिंह ऐरीले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी अविजित ४९ रन बनाएपछि धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको पोखरलाई ८ विकेट गुमाइ १४४ रन बनाएको थियो ।

पीपीएलः धनगढी ब्लुजद्वारा पोखरा पल्टन २ विकेटले पराजित [अपडेट]

कप्तान दीपेन्द्रको इनिङ्सपछि धनगढीले १ बल अगाडि १४८ रन बनाउँदै लक्ष्य पुरा गरेको हो । धनगढीलाई अन्तिम ओभरमा १५ रन चाहिने अवस्थामा दीपेन्द्र एक्लैले महबुब आलमको ओभरमा १६ रन प्रहार गरेका थिए ।

धनगढीबाट पिटर ट्रेगोले ५३ र सुविन्दु पाण्डेले २२ रन बनाएका थिए । तर अरु खेलाडीहरु सस्तैमा आउट हुँदा धनगढी माथिको दबाबलाई दीपन्द्रले पन्छाएका हुन् ।

धनगढीका दीलिपनाथ ४, ड्यानियल लरेन्स ३, सन्दीप जोरा ९, सौरभ खनाल ३, मन्जित श्रेष्ठ १ र कमलसिंह ऐरी शुन्यमा आउट भएका थिए ।

पोखराका रसिद खानले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । ललित राजवंशी र विक्रम भुसालले २/२ विकेट लिए ।

यसअघि पोखरालाई चुनौतीपूर्ण स्कोरमा उभ्याउँदा रोहित पौडेलले ३१ ,रवि इन्दर सिंहले २८, आसिफ शेखेले २३, कप्तान शरद भेषावकरले १४ र मोहम्मद नाविदले ११ रन बनाए ।

रसिद ८ बलमा १५ र विक्रम भुसाल ३ बलमा ८ रन बनाइ अविजित रहे । धनगढीका कमलसिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । ट्रेगो, लरेन्स र रविन क्षत्रीले १/१ विकेट पाए ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?