३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पीपीएलः पोखरा पल्टनको जितले बुटवल र विराटनगर बाहिरियो

पोखरा — पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटको राउन्ड रोविन लिग पार गरेको छ । शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा काठमाडौं रोयल्सलाई ४ विकेटले हराउँदै पोखरा पल्टन अघिल्लो चरणमा प्रवेश गरेको हो ।

पीपीएलः पोखरा पल्टनको जितले बुटवल र विराटनगर बाहिरियो

टस हारेर व्याटिङमा आएको काठमाडौंले दिएको १०४ रनको लक्ष्य पोखराले १५.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पोखराको ५ खेलमा यो तेस्रो विजय हो ।


शनिबार हुने चितवन राइनोज र विराटनगर टाइटन्सबीचको दोस्रो खेल अगाडि पोखरा अंक तालिकाको शीर्ष स्थानमा छ । पोखराको विजयले बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स राउन्ड रोबिन लिगबाटै बाहिरएका छन् ।


चितवन पराजित भएमा वा ठूलो अन्तरले नजितेमा पोखरा शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्छ ।

पोखराका विदेशी खेलाडी रवि इन्दर सिंहले २४ बलमा २२ रन प्रहार गरे भने मोहम्मद नाविदले १५ बलमा ३६ रन प्रहार गरे । खेलको प्लेयर अफ दि म्याच मोहम्मद नाविद भए ।


पोखराको तर्फबाट कुशल भुर्तेलले २० बलमा १४ , आसिफ शेखले २६ बलमा १६ बनाए । रोहितकुमार पौडेलले ७ बलमा अविजित १५ रन प्रहार गरे । यस्तै विनोद भण्डारी र कप्तान शरद भेषावकर शुन्यमा आउट ।


काठमाडौंको तर्फबाट अमरसिंह रौटेलाले २.५ ओभरमा ३९ रन खर्चिँदै ३ विकेट लिए । सुशन भारी, नन्दन यादव र पवन सर्राफले १/१ विकेट लिए ।


यसअघि शनिबारको पहिलो खेलमा पोखराले हुलास काठमाडौं रोयल्सलाई १९.१ ओभरमा १०३ रनमै अल आउट गरेको थियो ।

टस हारेर व्याटिङमा आएको काठमाडौं रोयल्स सुरुवातदेखिनै दबिएर खेलेको थियो र अन्तिमसम्म टोलीको इनिङ्स उक्सिन सकेन । टोलीका दुइ विदेशी खेलाडी जयकिष्नन् कोल्सावाला र गौरव तोमार शुन्यमै आउट भएपछि काठमाडौंलाई सुरुमै झट्का लागेको थियो ।


कप्तान ज्ञानेन्द्र मल्लले २८ बलमा ३१ रन प्रहार गर्ने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । अमित श्रेष्ठ २१, पवन सर्राफ १२, नरेश बुढाऐर ६, आदिल खान ७, अमरसिंह रौटेला १ तथा सुशन भारी र नन्दन यादव शुन्यमा आउट भए ।


बसन्त रेग्मी १२ बलमा १ चौका र २ छक्का प्रहार गरी १९ रनमा अविजित रहे ।


पोखराका ललित राजवंशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नाविद र रसिद खानले २/२ तथा विक्रम भुसालले १ विकेट लिए ।


व्याट्सम्यानले हिर्काएको बलले खुट्टामा लागेपछि अम्पाएर बुद्धिबहादुर प्रधान घाइते भएका छन् । उनको स्थान रिजर्भ अम्पाएर सञ्जय सिग्देलले लिएका छन् ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?