२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सिनालाई ५० हजारसहित सम्मान

कान्तिपुर संवाददाता

सुनसरी — धरान समाज युकेले तेक्वान्दो खेलाडी सिना मादेन लिम्बुलाई शनिबार प्रोत्साहनस्वरुप ५० हजार ५ रुपैयाँसहित सम्मान गरेको छ  । सिनाले हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा उज्वेकिस्तानकी खेलाडीलाई जितेकी थिइन्  ।

सिनालाई ५० हजारसहित सम्मान

उनलाई प्रदेश १ का तेक्वान्दो अध्यक्ष शैलेश विष्ट र धरान समाज युकेका खेलकुद विभागका सचिव निर्मलदास गुरुङ र युकेमा बस्दै आएका पूर्व खेलाडी गोर्खा सैनिक राष्ट्र राईले संयुक्त रूपमा सम्मान प्रदान गरे ।

तेक्वान्दोमा उनको सम्भावना देखेर प्रोत्साहन गर्न सम्मान गरिएको हो । धरान उपमहानगरपालिका–५ प्रगतिचोककी १८ वर्षीया सिना धरान डोजाङसँग आबद्ध छिन् । कक्षा १२ को परीक्षा दिएर बसेकी सिनाले इटहरीमा एक वर्षअघि आयोजित १२ औं इन्टरनेसनल फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको फाइट र पुम्से दुवैमा स्वर्ण पदक जितेकी थिइन् । उनी पुम्सेमा उत्कृष्ट हुँदै २५ हजार जित्न सफल भएकी थिइन् ।


त्यसअघि उनले काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् । उनका बाबु नवीन लिम्बु तेक्वान्दोका प्रशिक्षक हुन् । उनले भनिन्, ‘घरमा बाबा पनि खेलाडी, दिदीहरू सबै खेलाडी । उहाँहरूले खेलेको देखेर तेक्वान्दो ११ वर्षको उमेरदेखि नै सिकेको हुँ ।’ उनी ब्ल्याकबेल्ट दोस्रो डान हुन् । उनको परिवारमा बाबु नवीन चौथो डान, ठूली दिदी रितु पाँचौं डान, रिचा ब्ल्याकबेल्टधारी हुन् ।

आठौं राष्ट्रिय खेलकुदको तयारीमा जुटेकी सिना दैनिक ६ घण्टा अभ्यासमा हुन्छिन् । एसियाडअघि उनी दक्षिण कोरियामा एक महिने प्रशिक्षणमा गरेर इन्डोनेसिया पुगेकी थिइन् ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?