२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पीपीएलः चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा

कान्तिपुर संवाददाता

पोखरा — चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । चितवनले आइतबार भएको इलिमिनेटरमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्‍यो ।
टस जितेर व्याटिङ रोजेको काठमाडौं रोयल्स सन्नी पटेलको एकै ओभरमा ३ विकेटपछि १९.३ ओभरमा ९४ रनमा धराशयी भएको थियो । पोखरा रंगशालाको क्रिकेट मैदानमा चितवनले १८.२ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

पीपीएलः चितवन राइनोज नमस्ते प्रिमियर लिग क्रिकेटको फाइनलमा

चितवनले मंगलबार हुने फाइनलमा पोखरा पल्टनको सामना गर्नेछ । पोखरा राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रही सिधै फाइनलमा पुगिसकेको छ ।


चितवनलाई विजय दिलाउने क्रममा स्मित पटेलले ३८ रन बनाए । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । आरिफ शेखले अविजित २० र सन्नीले अविजित ६ रन प्रहार गरे ।


चितवनको सुरुवात राम्रो रहेने । अनिल साह १ र कप्तान पारस खड्का २ रनमै आउट भए । ओपनर हरिशंकर साहले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए ।


काठमाडौंबाट सुशन भारीले ३ र पवन सर्राफले १ विकेट लिए ।


यसअघि चितवन राइनोजले नमस्ते पोखरा प्रमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा पुग्न ९५ रनको लक्ष्य पाएको थियो । आइतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको हुलास काठमाडौं रोयल्स इलिमिनेटरमा १९.३ ओभरमा ९४ रनमा अल आउट भयो ।


सन्नी पटेलले एकै ओभरमा ३ विकेट लिँदै काठमाडौंलाई धराशायी बनाए । काठमाडौंले पहिलो ओभरमा आक्रामक सुरुवात गर्दै १५ रन बनाएको अवस्थामा दोस्रो ओभरमा सन्नीले अमित श्रेष्ठ, पवन सर्राफ र गौरव तोमारलाई आउट गरी चितवनलाई उत्कृष्ट पुनरागमन गराएका थिए ।


काठमाडौंबाट जयकिस्नन् कोल्सावालाले २५ र कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । ज्ञानेन्द्रले ३५ बल खेली २ चौका प्रहार गरे । खेलको एक मात्र छक्का प्रहार गरेर आदिल खान ८, बसन्त रेग्मी शुन्य, अमरसिंह रौटेला ९ र सुशन भारी ३ रनमा आउट भए ।


सन्नीले ३ विकेट लिने क्रममा ४ ओभरमा ९ रन मात्रै खर्चिए । अर्का भारतीय खेलाडी स्मति पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।


भुवन कार्कीले ३ ओभर बलिङ गर्दै १० खर्ची २ विकेट लिए । करण केसी र कप्तान पारस खड्काको नाममा १/१ विकेट रह्यो ।


यस खेल जित्ने टोलीले मंगलबार हुने फाइनलमा पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्ने छ । राउन्ड रोबिनको प्रतिस्पर्धामा चितवनले काठमाडौंमाथि १३ रनको विजय हात पारेको थियो ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?