'पाराग्लाइडिङको लागि स्वरेक नम्बर वान'

प्रतिक्षा काफ्ले

स्याङ्जा — उनी उमेरले १७ लागे । स्याङजामा पहिलोपटक सञ्चालित पाराग्लाइडिङ एक्युरेसी वल्र्डकपमा नेपालको तर्फबाट उनी नम्बर वान बने । समुहगत विधामा नेपालले उनकै नेतृत्वमा काँस्य जित्यो ।

'पाराग्लाइडिङको लागि स्वरेक नम्बर वान'

केही दिनअघि एसियामा रजत पदक जित्न सफल नेपाली टिम पनि उनकै नेतृत्वमा थियो । उनको नेतृत्वमा सुशिल अधिकारी, विजय गौतम, विमल अधिकारी, विशाल थापा थिए ।


एक्युरेसी प्रतिस्पर्धाको लागि पनि यही टिम सहभागी भएको हो । युकेश गुरुङ भन्छन, ‘पाराग्लाइडिङको लागि नेपालका प्रत्येक डाँडा उपयुक्त छन् ।’ पोखरा महानगरपालिका ६ लेकसाइड घर भएका युकेश २०१३ बाट पाराग्लाइडिङ गरेकाले अनुभवी छन् ।


नेपालभरीका पाराग्लाइडरमध्ये सबैभन्दा कान्छो युकेशले देश तथा विदेशमा प्रतिस्पर्धा गरिसकेका छन् । सानो उमेरमा नै उत्कृष्ट भएका उनी सानो उमेरदेखी नै यही शिक्षाले हुर्किएको बताउँछन् । ‘सानो उमेरमा नै उत्कृष्ट हुनुको देन मेरो परिवारको हो,’ उनले भने, ‘बच्चैदेखी यहि वातावरणमा हुर्किएँ । घरमा बाबा र ममीको सर्पोट पनि भयो ।’


उनका बाबु भुपालसिंह पनि पाराग्लाइडिङका पाइलट हुन् । लामो समयदेखी पोखरामा व्यवसायीक पाराग्लाइडिङ गर्दै आएका उनले फ्रन्टीयर्स पाराग्लाइडिङ नामक कम्पनीसमेत सञ्चालन गरेका छन् । घरमा नै कम्पनी भएकाले सहज भएको बताउने युकेश लाइसेन्स प्राप्त पाइलट हुन् । नेफाबाट लाइसेन्स प्राप्त गरेका उनले पोखरामा नै पाराग्लाइडिङको कोर्स गरेको बताए ।


‘पाराग्लाइडिङको बाँकी कोर्स स्याङजामा गरेको हुँ,’ उनले थपे, ‘बाबुको एडभन्चर क्लबबाट सम्पन्न गरे । बाबा पाराग्लाइडिङ पाइलट भएपनि व्यवसायीक रुपमा अगाडि बढ्नुहुन्छ । तर, म खेल मात्र खेल्छु । हरेक खेलमा प्रतिस्पर्धाको लागि सहभागी भएको हुन्छु ।’


उनको लक्ष्य पनि भविष्यमा पाराग्लाइडिङ खेलाडी बन्ने छ । अहिलेजस्तै आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए । पाराग्लाइडिङको भविष्य नेपालमा नभए पनि युरोप कन्ट्रिमा भएको उनी बताउँछन् ।


पाराग्लाइडिङको लागि पाइलटले ग्लाइड आफै किन्नुपर्छ । अन्र्तराष्ट्रिय गेमको लागी सरकारले सहयोग गरे पनि नेपालका कुनै पनि गेमलाई सहयोग नगरेको गुनासो उनले गरे । ‘नेपालमा भएको वल्र्डकप अन्य देशमा भएको भए सरकारलाई ठूलो लाग्ने थियो,’ उनले भने, ‘नेपालमा नै भएको वल्र्डकप प्राथमिकतामा परेन । हामीलाई सरकारले सहयोगको नाममा भेटसमेत गरेन ।’ फरक/फरक उड्नुपर्ने भएकाले व्यक्तिगत लगानी गर्नुपर्ने युकेश बताउँछन् ।


उनका अनुसार ग्लाइडर, हारनेस र रिजर्भ पारासुट गरी सेट आफंै किन्नुपर्छ । एउटा सेटलाई १० लाख रुपैयाँ पर्ने उनले बताए ।


प्रकाशित : कार्तिक २५, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?