कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बीसीए कप दुर्गाथलीलाई 

कान्तिपुर संवाददाता

बझाङ — जिल्लाकै सर्वाधिक पुरस्कार राशिको धौलीदेवी स्मृति बीसीए कप २०७५ को उपाधि दुर्गाथली गाउँपालिकाको क्रिकेट टिमले जितेको छ । फाइनलमा भवानी स्पोर्ट्स क्लब १७ ओभरमा ६६ रनमै समेटिएपछि दुर्गाथलीले ५१ रनले हराएको हो । 

विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई ६० हजार रुपैयाँ प्रदान गरिएको यो प्रतियोगिता जिल्लाकै सर्वाधिक राशिको प्रतियोगिता हो । बझाङको बुंगल नगरपालिकामा आयोजना हुँदै आएको बीसीए कपको यो ११ औं संस्करण हो ।


फाइनलमा पहिले ब्याटिङ गरेको दुर्गाथलीले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रन बनायो । भवानीले सेमिफाइनलमा जालपादेवी युवा क्लब देवललाई पराजित गरेको थियो । अर्को सेमिफाइनलमा दुर्गाथलीले बझाङ क्रिकेट एकेडेमीमाथि जित हात पारेको थियो ।


अनुशासित टिम बटुलसेरा, म्यान अफ द सिरिज दुर्गाथलीका छोटु तिरुवा, उत्कृष्ट बलरको उपाधि भवानी स्पोटर्स क्लबका श्यामसुन्दर साउदले हात पारे । उत्कृष्ट ब्याट्सम्यान बझाङ क्रिकेट एकेडेमीका सन्तोष केसी र राइजिङ प्लेयर बुंगल एसोसिएसनका रोहित कुँवर घोषित भएको आयोजकले बताएको छ ।


सुरुवाती खेल बुंगल नगरपालिकाको झापा र बिजगडा गरी दुई ठाउँमा एकै पटक सञ्चालन भए पनि सेमिफाइनल र फाइनल खेल झापामा सम्पन्न भएका थिए । कात्तिक १७ गते युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले उद्घाटन गरेको यो संस्करणमा प्रदेश ७ का २२ टिम सहभागी थिए ।


म्यान अफ द सिरिजलाई २० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई ५ हजार, अनुशासित टिमलाई ८ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?