२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

हेनरीका लागि स्थिति कठिन हुँदै

बीबीसी

मोनाको — थिएरी हेनरीले भनेका छन्, आफूलाई फेरि भाग्यले मोनाको पठाएको हो । सुन्नमा यो कम्ती रोमाञ्चक कथा छैन । यी ४१ वर्षीय हेनरीले आफ्नो खेलजीवन खेलाडीका रूपमा मोनाकोबाटै सुरु गरेका थिए ।

हेनरीका लागि स्थिति कठिन हुँदै

अहिले मोनाको आफैं ठूलो संकटमा छ । हेनरीको जिम्मा हो, यही क्लबलाई उकास्ने । तर लागिरहेको छ, यो सजिलो छैन । हुनेवाला पनि छैन । मोनाकोले उनको आगमनको सूचना आफ्नो वेबसाइटमा ठूलो तस्बिर हालेर गरेको थियो । हेनरीले किशोर उमेरमै मोनाकोबाट खेल्न सुरु गरेका थिए । त्यसयता धेरै समय गुज्रिसकेको छ । विश्व फुटबल उनका लागि भाग्यमानी साबित भएको छ ।


खेलाडीका रूपमा उनी उत्कृष्ट थिए नै, खेल्न छाडेपछि उनी उत्तिकै राम्रा फुटबल विश्लेषक पनि भए । अहिले उनी मोनाकोका प्रशिक्षक भएका छन् । यहाँ आउँदा सबैलाई थाहा थियो, उनलाई मोनाकोमा उनले कठिनभन्दा कठिन चुनौतीको सामना गर्नेछन् । आखिरमा उनले क्लब सम्हाल्दा टिमले पछिल्ला दसमधये एक खेलमा मात्र जित निकालेको थियो ।


उनी मोनाकोमा आउन अगाडि लियोनार्डो जार्डिम प्रशिक्षक थिए । उनी बर्खास्तीमा परेपछि हेनरीले अवसर पाएका हुन् । फ्रान्सेली फुटबल पत्रकार जुलियन लुरेन्सले भनेका छन्, ‘अहिले मोनाकोमा भद्रगोलको स्थिति छ । म अनुभव गर्न सक्छु हेनरी अहिले कुन प्रकारको स्थितिबाट गुज्रिरहेका छन् होला ।


सुरुमा उनलाई लागेको थियो होला, यति खराब स्थिति हुने छैन भनेर । तर अहिले साँच्चै नै टिम निकै दयनीय स्थितिमा छ ।’ हेनरी टिममा आएयता मोनाकोले तीन बराबरी खेलेको छ भने तीनमा पराजित रहेको छ । लिग वानको अंक तालिकामा मोनाको पुछारबाट दोस्रो स्थानमा छ । अब उसको सामना हुनेछ, लिग च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग ।


यो यही टिम हो, जसले पछिल्ला १२ मध्ये सबै १२ खेलमा जित हात पारेको छ । सोमबार राति यो खेल हुँदैछ र यसले सम्भवत: हेनरी र मोनाको दुवैको स्थिति अझ खराब पार्न सक्नेछ । मध्यसाता युरोपेली च्याम्पियन्स लिगमा क्लब ब्रुगको हातबाट ४–० ले पराजित भएपछि यस्तै खराब स्थिति बनेको थियो ।


क्लब इतिहासमै यो सबैभन्दा खराब हार थियो । दुई वर्ष अगाडि मात्र हो, मोनाको आफैं च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको थियो र त्यतिबेला क्लबका किशोर खेलाडी केयनिल एमबापे ठूला खेलाडी हुने क्रममा थिए । ‘सायद मोनाकोका लागि च्याम्पियन्स लिगबाट बाहिरिनु पनि ठीकै भयो । अब क्लबले लिगमै मात्र आफ्नो ध्यान केन्द्रित गर्न सक्छ,’ लुरेन्सले भने ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?