१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कटरैतलाई भलिबलको उपाधि

कान्तिपुर संवाददाता

जनकपुर — जनकपुर उपमहानगरपालिका–१८ भोइलस्थित सूर्य युवा क्लबले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि ओम युवा कमिटी कटरैतले जितेको छ । 

कटरैतलाई भलिबलको उपाधि

शनिबार फाइनलमा कटरैतले आयोजक सूर्य युवा क्लब भोइल ‘ए’ टिमलाई ३–१ को सेटमा पराजित गर्‍यो । विजेता टिमलाई १५ हजार, उपविजेता भोइल ‘ए’ टिमलाई १० हजार तथा तेस्रो स्थान प्राप्त गरेको भोइल ‘बी’ टिमलाई ५ हजार नगद, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, वडाध्यक्ष रामशंकर पासवान र शिक्षक रामबालक मण्डललगायतले विजेता टिम र खेलाडीलाई नगद, सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे ।


फाइनल प्रतियोगिताको पहिलो खेल आयोजक टिमले २७–२५ अंकले पराजित गरे पनि त्यसपछिका तीनै खेल कटरैटले जितेको थियो । कटरैतले दोस्रो खेल २७–२५ अंकले जिते पनि त्यसपछिका दुई खेल लगभग एकतर्फी सम्पन्न भएका थिए । कटरैतका खेलाडीले उत्कृष्ट खेलको प्रदर्शन गर्दै तेस्रो खेल २५–१० र तेस्रो खेल २४–१९ अंकले जितेका थिए ।


कटरैतका तर्फबाट रोशनकुमार यादव, राकेश यादव तथा विनय यादवले उत्कृष्ट खेल प्रदर्शन गरे । आयोजक भोइल टिमका करण मण्डल र किसन मण्डलले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।


कात्तिक १७ गतेदेखि सञ्चालित जिल्लास्तरीय भलिबल प्रतियोगितामा कटरैतका ४, बघचौडाका २, आयोजक सूर्य युवा क्लबका ४, सिरसियाका २, अन्दुपटीका २, टोकीका २ टिम, प्रसाही, कजरा रमौल, कपटौल, बल्टिया, अमरखना, गौरदाहा, औरही, महुवासहित २९ भलिबल टिम सहभागी थिए ।


भलिबलका राष्ट्रिय खेलाडी भरत यादव तथा पूर्वराष्ट्रिय खेलाडी देवनकुमार मण्डलले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । आयोजक संस्थाका अध्यक्ष विजयकुमार मण्डलले समाजमा बढ्दो दुव्र्यसनीविरुद्ध भलिबल प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?