कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण अफ्रिकालाई शृंखला

एएफपी

होबार्ट — डेविड मिलर र फाफ डे प्लेसिसले आइतबार अस्ट्रेलियाविरुद्ध उत्कृष्ट ब्याटिङको नमुना पेस गरे । त्यस प्रदर्शनको मदतले दक्षिण अफ्रिकाले निर्णायक खेलमा ४० रनको जित हात पार्दै वान–डे शुंखला आफ्नो नाममा लेखाएको छ ।

दक्षिण अफ्रिकालाई शृंखला

जस्टिन ल्याङगरको घरेलु टिमको कमजोर प्रदर्शन भने यस सिरिजमा पनि कायम रह्यो । मिलर र प्लेसिसको जोडीले २ सय ५२ रनको ठोस साझेदारी गरे र दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै पाँच विकेट क्षतिमा ३ सय २० रन बनायो ।

चौथो विकेटमा उनीहरूको साझेदारी दक्षिण अफ्रिकाका लागि अस्ट्ेरलियाविरुद्ध कीर्तिमान हो । तेस्रो तथा निर्णायक खेलमा उनीहरूको टिम तीन विकेट गुमाएर ५५ रनको खराब स्थितिमा थियो । त्यति बेला १६ ओभर चलिरहेको थियो । त्यसपछि उनीहरूले क्रिजमा डटेर खेले । मिलरले १ सय ३९ रन बनाए । उनको यो पाँचौं वान–डे शतक हो । प्लेसिसले भने १ सय २५ रन बनाए, आफ्नो दसौं वान डे शतकका लागि ।

जवाफमा अस्ट्रेलियाका लागि सन मार्सले संघर्षपूर्ण १ सय ६ रन बनाए । उनलाई यस क्रममा ६३ रन बनाएका मार्कस स्टोनिस र ४२ रन बनाएका एलेक्स केरेले पनि बलियो साथ दिए । घरेलु टिमको यो सुधारिएको प्रदर्शन थियो, तर यो जितसम्म पुग्न भने पर्याप्त थिएन । पेस बलर जोडी कगिसो रबाडा र डेल स्टेयन दुवैले सामान तीन–तीन विकेट लिए । यो जितसँगै दक्षिण अफ्रिकाले अस्ट्ेरलियाली भूमिमा सन् २००९ यता पहिलोपल्ट वान–डे शृंखला जितेको छ ।

हारपछि भने घरेलु टिमका लागि थप तनावको विषय बनेको छ । यसै महिना भारत अस्ट्ेरलिया आउँदै छ र त्यस अगाडि ल्याङगरको टिमलाई आफ्नो प्रदर्शनमा सुधारका लागि प्रयास गर्नुपर्नेछ । दुवै टिमले शुक्रबार एडिलेडमा भएको दोस्रो खेलको टिममा कुनै परिवर्तन गरेको थिएन । त्यसमा घरेलु टिम सात रनले विजयी रहेको थियो । दक्षिण अफ्रिकाले भने पर्थमा भएको पहिलो वान–डे सजिलै छ विकेटले जितेको थियो । उसले तेस्रो खेल जित्न पनि धेरै संघर्ष गर्नुपरेन ।

टस जितेर पाहुना टिमलाई ब्याटिङका लागि निम्तो दिएको अस्ट्रेलियाले बलियो सुरुआत भने लियो । तेस्रो ओभरमै क्विन्टन डी कक आउट भए । मिचेल स्टार्कले उत्कृष्ट लाइन र लेन्थमा बलिङ गरेर ककको विकेट लिएका हुन् । एडेन मारक्रमले पनि आक्रामक भएर ३२ रन बनाए । तर उनी ठूलो स्कोरतर्फ अग्रसर हुन सकेनन् । उनी पनि स्टार्ककै सिकार बने । त्यसपछि मिलरलाई साथ दिन प्लेसिस क्रिजमा आए र उनीहरूले जितको कथा बुने ।

अस्ट्ेरलियाले भने क्रिस लेयनलाई सुरुमा पठाएर परीक्षण गर्न खोजेको थियो, तर यो खराब प्रयास साबित भयो । उनी स्टेयनको बलमा शून्यमै आउट भए । लगत्तै आरोन फिन्च पनि आउट भए । त्यसपछि भने मार्स र स्टोनिसले टिमको जिम्मेवारी आफ्ना काँधमा लिए र १ सय ७ रनको साझेदारी गरे । पछि मार्सलाई साथ दिन केरी क्रिजमा आए । मार्सले ९८ बलमा आफ्नो शतक पूरा गरे । उनको विकेटसँगै घरेलु टिमको जितको सम्भावना पनि सकिएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?