१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अर्को उत्कृष्ट नतिजा

म्यानमार १–१ नेपाल
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । नेपालले आइतबार घरेलु टोली म्यानमारसँग १–१ को बराबरी नतिजा निकाल्यो । नेपालको यो दोस्रो बराबरी हो ।

अर्को उत्कृष्ट नतिजा

अघिल्लो दिन नेपालले भारतसँग पनि १–१ को नतिजा निकालेको थियो, जुन नेपाली महिला फुटबलको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । यानगोनस्थित थुनुवा रंगशालामा नेपालले अघिल्लो खेलमा जस्तै सुरुआत गरेको थियो । आफूभन्दा फिफा वरीयताक्रममा ६४ औं स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले दोस्रो मिनेटमै खाता खोलेर सनसनी मचाएको थियो ।


सावित्रा भण्डारीले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्रालाई नै म्यानमारकी रक्षक वाई वाई औइले लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । म्यानमारले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्याएको थियो । खिन मो वाईले गरेको कर्नर नेपालकी गोलरक्षक एन्जिला तुम्बापोले ठम्याउन नसक्दा म्यानमारले खेल बराबरीमा ल्याएको थियो । खेलमा थप गोल हुन सकेन ।


दिनको अर्को खेलमा भारतले बंगलादेशलाई ७–१ ले पराजित गर्‍यो । भारत र म्यानमारको समान ७ अंक छ । नेपालको २ अंक छ भने बंगलादेश दुवै खेलमा पराजित भएको छ । नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ । भारत र म्यानमारबीचको खेलमा जित्ने टोली समूह विजेताका रूपमा अघिल्लो चरणमा पुग्ने छ । यी दुई टोलीको खेल बराबरीमा टुंगिएमा र नेपालले जित हात पारेमा नेपाल

छनोट हुनेछ ।


नेपालले अन्तिम खेलमा जित हात पारेमा समूहमा दोस्रो हुने सम्भावना भने रहन्छ । यस्तो अवस्थामा टोकियो ओलम्पिकका लागि भइरहेको छनोटमा नेपालले अन्य समूहको नतिजा कुर्नुपर्ने हुन्छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?