कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धनगढीमा यू–१९ स्कुलस्तरीय क्रिकेट

कान्तिपुर संवाददाता

धनगढी — घरेलु क्रिकेट प्रतियोगितामा यू–१९ को सबैभन्दा ठूलो धनराशिको निस्ट लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो सस्करण मंगलबारदेखि धनगढीको संघीय प्रहरी एकाइको क्रिकेट मैदानमा सुरु हुँदै छ ।

धनगढीमा यू–१९ स्कुलस्तरीय क्रिकेट

यो सुदूरपश्चिम प्रदेशको क्रिकेट प्रिमियर लिग (डीपीएल) पछिको ठूलो प्रतियोगिता हो ।


स्कुलस्तरीय यो राष्ट्रिय प्रतियोगितामा संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लालाई प्रतिनिधित्व गर्ने १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी रहेको छ । दोस्रो पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आयोजक संस्थाको संस्कार क्रिकेट एकेडेमीले सोमबार खेल मैदानमा ट्रफी सार्वजनिक गरेको छ ।


प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५ हजार पुरस्कार राखिएको छ । लिग चरणमा प्रत्येक खेलको म्यान अफ द म्याचले ११ सय, नकआउटमा १५ सय र फाइनलमा २ हजार नगद पुरस्कार पाउनेछन् ।


लिग कम नकआउट चरणमा खेलाइने प्रतियोगितामा अन्डर–१९ का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी टिममा सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले बताए । मंगलबार पहिलो खेल सिद्धार्थ शिशु धनगढी र भक्तपुरको निस्ट स्कुलबीच हुनेछ । प्रतियोगिता मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ ।


आयोजक संस्थाका अध्यक्ष शाहीले धनगढीलाई क्रिकेटको सहरका रूपमा स्थापित गर्न र देशकै बहुचर्चित धनगढी क्रिकेट प्रिमियर प्रतियोगिता (डीपीएल) को जगका रूपमा स्कुलस्तरीय यो राष्ट्रिय प्रतियोगिताको आयोजना गरिँदै आएको बताएका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?