२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

जो कोलले लिए संन्यास

एएफपी

लन्डन — इंग्ल्यान्डका पूर्वमिडफिल्डर जो कोलले मंगलबार आफ्नो खेलजीवनबाट संन्यास लिएका छन् । उनले सात फरक क्लबबाट उत्रिने क्रममा ७ सयभन्दा बढी खेले ।

जो कोलले लिए संन्यास

त्यसमा वेस्ट हयाम र चेल्सी प्रमुख छन् । गत साता ३७ वर्षका भएका कोलले अब आफू प्रशिक्षकको करिअरतिर जाने घोषणा गरे ।


उनले आफ्नो खेलजीवनलाई भने सपना पूरा भएको स्थितिसँग तुलना गरे । उनको अन्तिम क्लब अमेरिकाको युनाइटेड सकर लिगको टेम्प बे रोडिज रहयो । यो दोस्रो डिभिजनको क्लब हो । आफ्नो खेल जीवनमा उनले १ सय ४ गोल गरे । उनले इंग्ल्यान्डका लाग ५६ क्याप जिते र तीन विश्वकपमा सहभागिता जनाए ।


कोलले १९ वर्षको उमेरमा पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । त्यति बेला उनी वेस्ट ह्यामका लागि खेल्थे र उनलाई इंग्लिस फुटबलको सबैभन्दा प्रतिभाशाली युवा खेलाडीका रूपमा चित्रण गरिएको थियो । उनलाई इंग्लिस फुटबलको स्वर्णिम पुस्ताका खेलाडीमध्ये एक मानिन्छ ।


त्यस पुस्ताका अरू खेलाडीमा डेबिड बेकहयाम, माइकल ओवेन, रियो फर्डिनान्ड, पउल स्कोल्स, माइकल ओवेन, स्टेफेन जेरार्ड, जोन टेरी र फ्रायन्क लाम्पार्ड पर्छन् । संन्यास घोषणा गर्दै उनले भनेका छन्, ‘मैले लगभग २० वर्ष व्यावसायिक फुटबल खेलें, अब संन्यास लिने उपयुक्त समय आएको छ ।’


वेस्ट हयाममा आठ वर्षको उमेरमा पुगेका कोलले त्यसका लागि १ सय ८७ खेल खेल्दै १८ गोल गरे । वेस्ट हयाम रेलिगेसनमा परेपछि उनी चेल्सी गए । कोल खेलाडी छँदा सन् २००४–०५ मा चेल्सीले जोसे मोउरिन्होको नेतृत्वमा ५० वर्षयता पहिलो लिग उपाधि जितेको थियो । उनले लिभरपुलबाट पनि खेले ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?