कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको ऐतिहासिक फड्को

२०२० ओलम्पिक
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलोपल्ट ओलम्पिक छनोटमा सहभागी हुँदै छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालको ऐतिहासिक फड्को

नेपालले २०२० ओलम्पिकको एसियाली छनोटमा मंगलबार बंगलादेशविरुद्ध १–१ को नतिजा निकालेर पनि समूहमा तेस्रो भएर दोस्रो चरणको यात्रा पक्का गरेको हो ।


म्यान्मारको यांगुनस्थित थुवुन्ना रंगशालामा नेपालले लगातार तेस्रो बराबरी गर्‍यो । यसअघि आयोजक म्यान्मार र छिमेकी भारतविरुद्ध पनि नेपालले १–१ को समान नतिजा निकालेको थियो ।


त्यसैले अन्तिम खेलमा भारत र म्यान्मारबीच प्रतिस्पर्धा हुनुअगावै ३ अंकमा रहेको नेपाल पनि दोस्रो चरणलाई छनोट भएको थियो । यस समूहबाट म्यान्मार र भारतले पनि दोस्रो चरणको यात्रा तय गरे । म्यान्मार २–१ ले भारतलाई हराएर सात अंक बटुल्दै समूह ‘सी’ मा विजेता बन्यो । दुवैले एकआपसमा प्रतिस्पर्धा गर्नुअघि बंगलादेशलाई पराजित गरेका थिए ।


एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका चार समूहका विजेता, उपविजेता तथा तेस्रोमा रहने चार टिममध्येका उत्कृष्ट दुईले दोस्रो चरणमा प्रवेश पाउने गरी घोषणा गरिएको नयाँ नियमअनुसार नेपालले प्रारम्भिक चरण पार गरेको हो । समूहमा ताजिकिस्तान (ए), लेबनान (बी), नेपाल (सी) र प्यालेस्टाइन (डी) तेस्रोमा रहेका थिए । त्यसमध्ये समूहका शीर्ष तीन टिमसँगको नतिजा र गोलका आधारमा नेपाल र प्यालेस्टाइनले तेस्रो हुने उत्कृष्ट दुईको रूपमा छनोटको दोस्रो चरणमा अवसर पाएका हुन् ।


फेरि एकपल्ट बराबरी नतिजामा पनि नेपालको डिफेन्स फितलो सावित भयो । म्यान्मार र भारतविरुद्ध अग्रता लिएको अवस्थामा पनि नेपाल बराबरीमा रोकिन बाध्य भएको थियो ।


बंगलादेशविरुद्धको कथा पनि त्यस्तै रहयो । त्यसैले नेपाल पहिलोपल्ट बंगलादेशविरुद्ध जितविमुख हुनुपर्‍यो । अघिल्ला चारै भेटमा नेपालले बंगलादेशलाई हराएको थियो र ती सबै खेलमा नेपालले गोल बेहोरेको पनि थिएन ।


कप्तान निरु थापाको गोलसँगै नेपालले १७ औं मिनेटमा अग्रता लिएको थियो । जितनजिक पुगेर पनि नेपालले इन्जुरी टाइममा गोल बेहोर्‍यो । मोहमत अखिल खातुनले बराबरी

गर्दै नेपाललाई जितबाट वञ्चित गराएकी थिइन् ।


उज्वेकिस्तान र भियतनामलाई सिधा प्रवेश दिइएको छनोटको दोस्रो चरण अप्रिल, २०१९ मा हुनेछ । दर्जन देश सहभागी हुने त्यसमा तीन समूहका विजेता, उपविजेतासँगै तेस्रो स्थानमा रहनेमध्ये दुई उत्कृष्ट टिमले अर्को चरणमा प्रवेश पाउनेछन् ।


तेस्रो चरणमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा समूह विजेता हुने तीन टिमले जनवरी–फेब्रुअरी २०२० मा हुने अन्तिम चरणमा चीन, अस्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्यान्डविरुद्ध खेल्नेछन् । अन्तिम चरणमा चार–चार टिमको दुई समूह हुनेछ र त्यसबाट समूह विजेता र उपविजेताको प्ले–अफबाट दुई टिम सन् २०२० मा टोकियोमा हुने गृष्मकालीन ओलम्पिकमा छनोट हुनेछन् ।




महिला फुटबल छनोट (एसिया)

पहिलो चरण, समूह ‘सी’

टिमखेलजितड्रहारगोलअंक

म्यान्मार८–२

भारत९–४

नेपाल३–३

बंगलादेश२–१३

प्रकाशित : कार्तिक २८, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?