सीएमजी गुवाहाटी जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको सीएमजी भेट्रान क्लबले भारतको गुवाहटीमा हुने पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ ।

सीएमजी गुवाहाटी जाने

त्यसका लागि टिम बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ । पूर्वराष्ट्रिय कप्तान र खेलाडीले भरिएको २० सदस्यीय टिमलाई सीमएजी क्लबका प्रबन्धक नरेन्द्र शाह र पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्माले बिदा गरे ।


नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहको नेतृत्वमा रहने सीएमजी टोलीमा राजेश मानन्धर, बालगोपाल मानन्धर, राकेश श्रेष्ठ, नवीन पाण्डे, दिनेश व्यञ्जनकार, चेतनारायण श्रेष्ठ, शुक्र तामाङ, रविन व्यञ्जनकार, विजय श्रेष्ठ, सुविन शाक्य, कर्मा छिरिङ गुरुङ, आकाश गुरुङ, उज्ज्वल श्रेष्ठ, छन्नुराम चौधरी, सरोजकुमार थापा क्षेत्री, नरोत्तम गौतम, सञ्जीत सिंह र अष्टकुमार कवे छन् । टोलीको व्यवस्थापकमा विजय शाही छन् ।


प्रतियोगितामा भारतको मणिपुर, कोलकातासहित नेपाल, भुटान र बंगलादेशका टिम सहभागी हुनेछन् । खेलका क्रममा ४० वर्षमाथिका ८ र ४५ वर्षमाथिका ३ खेलाडी मैदानमा हुनुपर्ने प्रतियोगिताको नियम रहेको छ । युनाइटेड ब्रदर्स क्लबको आयोजनामा हुने प्रतियोगिता नोभेम्बर १५ देखि १८ सम्म हुनेछ ।


लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टिमले सेमिफाइनल यात्रा गर्नेछन् । विजेताले ५० र उपविजेताले ३० हजार भारतीय रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रकाशित : कार्तिक २८, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?