रत्नजित र जेशिकाको यात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय च्याम्पियन आर्मीका रत्नजित तामाङ र एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनको क्वाटरफाइनलमा पुगेका छन् । 

रत्नजित र जेशिकाको यात्रा

लगातार छैटौंपल्टका विजेता रत्नजितले बुधबार एपीएफका सुनील जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा हराएका थिए । दिपेशले आर्मीका प्रफुल्ल महर्जनमाथि २१–१५, २१–१५ को सोझो सेटमै सफलता पाए ।


अन्तिम आठमा पुग्नेमा नेपाल पुलिसका विष्णु कटुवाल र नीरविक्रम देवकोटा पनि रहे । विष्णुले एपीएफका विजित थापामगरलाई २१–१७, २१–१४ र नीरविक्रमले एपीएफकै सुदीप सेढाईंलाई १२–२१, २१–८, २१–१० ले हराए ।


आर्मीका रुकेश महर्जनले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१८, २१–१४, नवीन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, २१–१३, भोजपुरका विकास श्रेष्ठले एपीएफका गौतम कठायतलाई २१–१७, २१–१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१४ ले पराजित गर्दै क्वाटरफाइनल पक्का गरे ।


महिलामा सातौं संस्करणकी विजेता एपीएफकी जेशिका गुरुङले जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाइन् । जेशिकाले भोजपुरकी सीता राईलाई २१–१७, २१–१९ ले पराजित गरिन् । आर्मीका नङसलदेवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरी अन्तिम आठमा पुगे ।


नङसलले जेस्टकी महिमा श्रेष्ठलाई २१–५, २१–३, अनुले जेस्टकै सफी खत्रीलाई २१–५, २१–१०, रशिलाले जेस्टकै मनीषा खड्कालाई २१–८, २१–४, रञ्जनाले मोरङकी सीमा राजवंशीलाई २१–१८, १७–२१, २१–१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१–२, २१–८ ले हराए । बाँकेकी सम्झना शर्माले एपीएफकी सुनैना मुखियालाई २१–१३, २१–१९ र एपीएफकी शोभा गुरुङले जेस्टकी तारा आलेलाई २१–१८, २१–१३ ले पराजित गरे ।


पुरुष जोडीतर्फ एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठको जोडीमाथि २१–१२, २१–११ को जित निकाल्यो । पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले ललितपुरकै रदीप महर्जन र भुवन श्रेष्ठलाई २१–४, २१–१५, बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले जेस्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापा र राम बानियाँलाई २१–१०, २१–१९, एपीएफका गौतम कठायत र सुनील जोशीको जोडीले सेनाका सुरोज महर्जन र पविन लिङथेपलाई २४–२२, २१–१०, सेनाका रुकेश महर्जन र प्रफुल्ल महर्जनको जोडीले ललितपुरका सनिल शाक्य र सुमन शाक्यलाई २१–९, २१–११, एपीएफका साजनकृष्ण र सुदीप सेंढाईको जोडीले ललितपुरका श्रीजन ताम्राकार र राजेन्द्र महर्जनलाई २१–१७, २१–१४, पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनलाई २१–१३, २१–१७ र सेनाका रत्नजित र नवीन श्रेष्ठको जोडीले ललितपुरकै दौथ राई र गणेश गुरुङको जोडीलाई २१–१४, २१–८ ले हराए ।


सिल्क ग्रुपका प्रिन्स दाहालले यू–१७ तर्फको पुरुष एकलमा दाङका सुरज गुप्तालाई २१–५, २१–६ ले हराए । कैलालीका जय बी साउदले चितवनका अलिश थापामाथि २१–१५, २१–१२ को जित हात पारे । जेस्टका प्रियान्सु सिंह क्षेत्रीले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१–७, २१–१७, दाङका हिमांशु कुँवरले बाराका अनिश खतिवडालाई १७–२१, २१–१९, २१–१५, कैलालीका अमृत चौधरीले कञ्चनपुरका विवेक चौधरीलाई २१–१८, २१–१५, सेनाका दिवेश शंकरले नेपालगन्जका सफल थापालाई २१–१०, २१–१५, कञ्चनपुरका हिमाल चन्दले चितवनका मनिष थापालाई २१–१२, २१–११ र जेस्ट ब्याडमिन्टनका पेम्बा शेर्पाले तेह्रथुमका क्षितिज केसीलाई २१–६, २१–१२ ले हराए ।


सोही समूहको महिला एकलतर्फ जेस्टका दिमोना केसी र स्मृति राई, कञ्चनपुरकी वीणा विष्ट तथा झापाकी अन्जना राई पनि अन्तिम आठमा प्रवेश गरे ।


भेट्रान्सतर्फ आर्मीका सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडी, जेस्टका अनुज पौडेल र प्रेम घलेको जोडी, ललितपुरका सुनिलमान शाक्य र पूर्णभक्त चित्रकार तथा नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी अन्तिम आठमा पुगे ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?