२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

राइनो कपको उपाधि च्यासललाई

कान्तिपुर संवाददाता

नवलपुर — च्यासल युथ क्लबले नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै पहिलो सहभागितामै राइनो संरक्षण गोल्डकप फुटबलको उपाधि जितेको छ । 

राइनो कपको उपाधि च्यासललाई

कोल्हुवामा बिहीबार फाइनलमा निर्धारित अवधिमा २–२ को बराबरीमा सकिएपछि निर्णयार्थ खेल टाइब्रेकरमा पुगेको थियो । विजेता च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।


डेढ दशकदेखि आयोजना हुँदै आएको प्रतियोगितामा च्यासल पहिलोपटक सहभागी भएको थियो ।


म्यान अफ द सिरिज घोषित च्यासलका गोलरक्षक दिनेश थापामगरले १० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विभागीय दुई टोलीसहित १२ टोलीको सहभागिता थियो ।


हरेक वर्ष एकसिंगे गैंडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिले प्रतियोगिता गर्दै आएको छ ।

प्रकाशित : कार्तिक २९, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?