कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तीन उपाधि सामुन्ने रशिला

काठमाडौँ — त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनको तीन विधाको फाइनल पुगेकी छन् । 

तीन उपाधि सामुन्ने रशिला

रशिला महिला एकल र युगल तथा यू–१७ गल्र्सको उपाधि नजिक पुगेकी हुन् । उनले एकलतर्फ आर्मीकी नङसलदेवी तामाङसँगको फाइनल भेट पक्का गरेकी छन् । शुक्रबार सेमिफाइनलमा नङसलले एपीएफकी शोभा गौचनलाई २१–१२, २१–८ ले र रशिलाले गत वर्षकी विजेता एपीएफकी जेशिका गुरुङलाई २१–१३, २१–११ ले हराए ।


रशिलाले यू–१७ तर्फ मोरङकी रोज पाण्डेलाई २१–९, २१–६ को सोझो सेटमा हराइन् । आर्मीकै रञ्जना भट्टले मोरङकी सीमा राजवंशीलाई २१–१६, २१–१५ ले हराइन् ।


रशिलाले नङसलसँग मिलेर युगलतर्फ पनि फाइनल पक्का गरिन् । उनीहरूको जोडीले जेस्ट ब्याडमिन्टन एकेडेमीकी सीता राई र बाँकेकी सम्झना शर्माको जोडीलाई २१–११, २१–११ को सोझो सेटमा हराए । अब रशिला र नङशलले एपीएफका पूजा श्रेष्ठ र जेशिका गुरुङको सामना गर्ने छन् । पूजा र जेशिकाले आर्मीकी अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, १७–२१, २१–१३ ले हराए ।


त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार यू–१७ ब्वाइजतर्फ प्रिन्स दाहाल जेस्टका प्रियांशु सिंह क्षेत्रीलाई २१–१२, २१–९ ले हराउँदै फाइनल पुुगे । उनले फाइनलमा आर्मीका दिवस शंकरसँग प्रतिस्पर्धा गर्ने छन् । शंकरले जेस्टकै पेम्बा शेर्पालाई २१–१४, १५–२१, २१–१२ ले पराजित गर्दै फाइनल पक्का गरे ।

पुरुष एकलमा आर्मीका रत्नजित तामाङ र एपीएफका दिपेश धार्मी फाइनल भिड्ने छन् ।


रत्नजितले आर्मीका रुकेश महर्जनमाथि २१–११, २१–१४ र दिपेशले आर्मीका नवीन श्रेष्ठलाई २१–१७, २१–६ ले हराए । युगलतर्फ रत्नजित र नवीनको जोडीले फाइनलमा दिपेश र विजित थापा मगरको जोडीसँग खेल्नेछ । रत्नजितको जोडीले रुकेश र प्रफुल महर्जनलाई २१–१५, २१–१९ ले तथा दिपेशको जोडीले एपीएफकै गौतम कठायत र सुनील जोशीको जोडीलाई २१–१७, १९–२१, २१–१८ ले हराए ।


मास्टर्स ४५ वर्षमाथि आर्मीका सुभाष श्रेष्ठ र भूमि गुरुङ तथा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडी फाइनल पुगेका छन् । सुभाषको जोडीले जेस्टका अनुज पौडेल र प्रेम घलेलाई २१–१५, २१–१७ ले तथा श्यामको जोडीले ललितपुरका सुनीलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडीलाई २१–११, २१–११ ले हराए ।

प्रकाशित : मंसिर १, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?